Tharu Mahila Sava_lahan 02

थारु महिला सभाको राष्ट्रिय भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ। सिरहाको लहानमा भएको दुई दिने राष्ट्रिय भेलाले ११ बुँदे घोषणा पत्र जारी गर्दै हालको केपी ओली सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाएको छ। ‘केपी ओली सरकार देशमा शान्ति सुरक्षा, नागरिकको मानव अधिकार, जनताको अत्यावश्यक सामग्रीहरुको परिपूर्ति गर्न नसकेको तथा राज्य नै तस्करी र कालोबजारीमा संलग्न रहेकाले अवलिम्ब राजीनामाको जोडदार माग गर्दछ,’ जारी घोषणा पत्रमा उल्लेख छ।

घोषणा पत्रमा चार महिनादेखि जारी थरुहट मधेस आन्दोलनलाई एक्यबद्धता जाहेर गर्दै निरन्दर आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्ने जनाइएको छ।

सभाले संगठनलाई सुदृढ बनाउन केन्द्र, जिल्ला तथा गाविस स्तरीय संगठनको निर्माण गर्ने बताएको छ।

११ बुँदे घोषणा पत्र हेर्नुस्:

Tharu Mahila Sava Ghosna Patra




Leave a Reply

Your email address will not be published. Required fields are marked *