एमाले सभासद् कृपाराम रानाथारु
एमाले सभासद् कृपाराम रानाथारु

एमाले सांसद कृपा रानाले राज्यको संरचनामा कुनै हेरफेर हुन नसक्ने बताएका छन्। आज झलारी पिपलाडी नगरपालिकाको असैनास्थित शिव मन्दिरमा जनश्रमदानका लागि पुग्नुभएका सांसद रानाले मौजुदा सात प्रदेशको सीमाङ्कनमा हेरफेर हुन नसक्ने बताए।

प्रदेशको सीमाङ्कनमा किचलो झिक्ने कार्यमा बाह्य शक्तिको चलखेल भएको उल्लेख गर्दै उनले जनता जनताबीच फुट गरेर सङ्घीयता आगाडि बढाउन नदिने षडयन्त्र भइरहेको बताए ।

मधेसको समस्या समाधानका लागि वार्ता र छलफलका कार्य सन्तोषजनक रुपमा अगाडि बढिरहेकाले छिट्टै समाधान हुने उनले बताए। ‘वर्तमान संविधानमा सबै जातजातिका अधिकारका बारेमा प्रस्टसँग उल्लेख गरिएकाले यो संविधान आपनत्व भएको संविधान हो,’ उनले भने।

स्थानीय बासिन्दाले रु सात लाख बढी चन्दा सङ्कलन गरी निर्माण भइरहेको मन्दिरमा सांसद रानाले दुई घन्टा श्रमदान गरेका छन्। उनले मन्दिर निर्माणमा सघाउ पु¥याउन रु १५ हजार चन्दासमेत प्रदान गरेका छन्। रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *