Kanchanpur 01  थारु युवा स्वंयसेवकको कञ्चपुरमा जिल्ला समिति गठन भएको छ। कञ्चनपुरको बेलौरीमा आयोजित कार्यक्रममा सोमलाल चौधरीको अध्यक्षतामा थारु युवा स्वंयसेवक गठन भएको हो। त्यसको उपाध्यक्षमा उदय चौधरी, सचिवमा अनिता चौधरी, कोषाध्यक्षमा सुरेश चौधरी छन्। भेलामा सहभागी दुई सय युवाहरु थारु युवा स्वंयसेवकको रुपमा काम गर्ने केन्द्रीय संयोजक महावीर चौधरीले बताए।

Kanchanpur 02

उनले कञ्चनपुरका युवाहरुले थारु आन्दोलनलाई सशक्त बनाउन भरपुर सहयोग गर्ने बताए। आयोजित कार्यक्रममा सम्बोधन गर्दै महावीर चौधरीले कुनै पनि हालतमा कञ्चपुरलाई अखण्डमा मिसाउन नदिने बताए। ‘थरुहट भूमि कञ्चपुरलाई कुनै पनि हालतमा अखण्ड सुदूरपश्चिममा मिसाउन दिनु हुँदैन। यसका लागि झापादेखि कञ्चपुरसम्मकै थारुहरु एक भएर अगाडि बढ्नुपर्छ।’

Kanchanpur 03

कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका बलराम चौधरी, फोरम लोकतान्त्रिकका पुस्कल चौधरी, थरुहट तराई पार्टी नेपालका लक्ष्मण चौधरीलगायत जिल्ला नेताहरुको सहभागी थियो। उनीहरुले आन्दोलनमा युवाहरुले नै सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए। उनीहरुले थारु युवाहरुको शक्ति प्रदर्शन राजधानीमा गरेर सरकारलाई देखाउनुपर्नेसमेत बताए।

कार्यक्रममा उपस्थित थारु युवाहरु रातो फेटा बाँधेर उपस्थित भएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *