human-chain-in-madheshमधेशी मोर्चाले हुलाकी राजमार्गमा मानव साङ्लो बनाउने भएको छ । हुलाकी राजमार्ग अन्तर्गत पूर्वदेखि पश्चिमसम्म मानव साङ्लो बनाई विश्व रेकर्ड बनाउने मोर्चाको योजना छ ।

असोज १४ गते मधेशी मोर्चा र थारु मोर्चाले संयुक्त रुपमा हुलाकी राजमार्गमा विशाल जनसमुदाय ओरालेर संसारकै सबभन्दा लामो मानव साङलो बनाउने बताएको छ । आउँदो बिहिबार १ बजे आन्दोलनरत समूहलाई हुलाकी राजमार्गमा आएर मानव साङ्लो निर्माणमा सहयोग गरिदिन मोर्चाले अपिल गरेको छ ।

हुलाकी राजमार्गमा ११५५ किमि लामो मानव साङ्लो बन्ने भएको हो । यसभन्दा पहिले अहिले सम्मकै सबैभन्दा लामो मानव साङ्लो सन् २०१० मा बङलादेशमा बनेको थियो । उक्त मानव साङ्लो १०५० किमि लामो थियो ।

मानव साङ्लोको बनाएर विश्वकै ध्यान मधेशको मुद्दातर्फ आकृष्ट गर्ने र मधेशको मुद्दासँग सबैलाई परिचित गराउने उद्देष्य रहेको आन्दोलनरत मोर्चाले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *