Maghi in UAE 05दुबईस्थित थारु समुदायले माघी पर्व मनाएका छन्। प्रवासी थारु समाज युएईको आयोजनामा माघी पर्व मनाइएको हो। शुक्रबार आयोजित समारोहमा युएईस्थित नेपाली राजदूत धन्नजय झाको उपस्थिति थियो। आदिबासी जनजाति महा संघका पूर्वअधक्ष्य एवं थारु नेता राजकुमार लेखीले समारोहको उद्‍घाटन गरेका थिए। कार्यक्रममा गायक सन्जय चौधरीले आफ्नो प्रस्तुतीसमेत दिएका थिए। कार्यक्रममा थारु परिकारको व्यवस्था आयोजकले गरेको थियो।

Maghi in UAE 01

कार्यक्रममा प्रवासी थारु समाजका संरक्षक एवं निवर्तमान अध्यक्ष नेत्र थनेतले गैर आवासीय नेपाली संघ युएईको वरिष्ठ उपाध्यक्षमा पदमा विजय दिलाउन मद्दत गर्ने सम्पूर्णलाई धन्यवाद दिए। उनले नेपालबाट प्रमुख अतिथिको रुपमा आएका लेखी र गायक सन्जय चौधरीलाई पनि धन्यवाद दिए।

Maghi in UAE 04

विदेशका थारुहरुलाई एकीकृत गरेर यस्ता कार्यक्रम आयोजना गर्न पाएकोमा गर्व महसुस भएको बताए। उनले विदेशको जुनसुकै ठाउँमा बसेपनि थारुहरु एक भएर अगाडि बढ्नुपर्ने बताए। थारुको पहिचन नै एकता भएकाले आफ्नो पहिचान गुमाउन नहुने उनले बताए। चौधरी नवलपरासीको डन्डास्थित राष्ट्रिय थारु संग्रहालय निर्माणका अभियन्ता पनि हुन्।

Maghi in UAE 03

Maghi in UAE 06

Maghi in UAE 02




Leave a Reply

Your email address will not be published. Required fields are marked *