11899856_1663930133842211_5901661163051581171_oविराटनगरको महेन्द्रचौकस्थित एसलाल पेट्रोलपम्पमा आज साँझ अज्ञात व्यक्तिले सुतलीबम विष्फोट गराउँदा तीन जना घाइते भएका छन्। घाइतेहुनेमा विराटनगर–१३ को पीपलचौक बस्ने ३६ वर्षीय अजय पाण्डे, विराटनगर–१३ को शान्तिचौक बस्ने २४ वर्षीय निरज साह र विराटनगर–१५ बस्ने ३० वर्षीय तापेस दासरहेको जिल्ला प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

पाण्डेलाई ढाडमा, साहलाई दाहिने कुममाथि र दासलाई दाहिने आँखामा चोट लागेको प्रहरी उपरीक्षक प्रमोद खरेलले जानकारी दिए। घाइतेहरुको मोरङ सहकारी अस्पताल, कोसी अञ्चल अस्पताल र विराटनगर आँखा अस्पतालमा उपचार भइरहेको छ।

पेट्रोल पम्पमा साँझको समयमा पेट्रोल लिनेको घुइँचो लागेको बेलामा सो घटना घटेको बुझिएको छ। एक सातामा विराटनगरमा यो समेत गरी तीन पटक सुतलीबम विष्फोट भइसकेका छन्। रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *