१२ मेधावी विद्यार्थीलाई अमेरिकीबासी थारुको छात्रवृत्ति [नामावलीसहित]

थारुज एन्ड फ्रेन्ड्स एसोशियसनले मेधावी थारु विद्यार्थीलाई प्रदान गर्दै आएको छात्रवृत्तिको छनौटमा परेका विद्यार्थीहरुको नाम घोषणा गरेको छ। अमेरिकीबासी थारुहरुको परिचित सो संस्थाले शैक्षिक सत्र २००८-२००९ देखि छात्रवृत्ति प्रदान गर्दै आएको छ। सोहीअनुसार २०१६-१७ मा छात्रवृत्ति पाउने मेधावी विद्यार्थीको अन्तिम नामावली सार्वजनिक गरेको हो।

संस्थाले दुई जनालाई विशेषसहित १२ जनालाई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ। विशेषअन्तर्गत बर्दियाका मिठुराम थारुलाई ‘सरोज चौधरी छात्रवृत्ति‘ र कैलालीका रामा चौधरीलाई ‘शारदा इंगलिस सेकेन्ड्री स्कुल, कथौना सप्तरी‘ छात्रवृत्ति प्रदान गरेको हो। मिठुरामले स्नातकोत्तर (जनसंख्या) र रामाले स्नातकोत्तर (ग्रामिण विकास)का लागि निवेदन दिएका थिए। दुवैले ३० हजार रुपैया प्राप्त गर्नेछन्।

त्यस्तै संस्थाले प्रदान गर्दै आएको नियमित छात्रवृत्तिमा सप्तरीकी आयुषमा चौधरी (प्लस टु), बाराका आशिष चौधरी (प्लस टु), सप्तरीका पिसजोन जोशी (प्लस टु), नवलपरासीकी रिनु चौधरी (बीएससी एग्रिकल्चर), नवलपरासका दिपेश चौधरी (प्लस टु), नवलपरासीका नविन महतो (प्लस टु), दाङकी रोजिना चौधरी (भेटेनरी), सर्लाहीका अर्जुनप्रसाद चौधरी (एमबीबीएस), बाराका सन्तोष चौधरी (बएससी), उदयपुरकी प्रियंका चौधरी (बीबीए) छन्। दसैजनाले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

थारुज एन्ड फ्रेन्ड्स एसोशियसनका सचिव सत्य नारायण चौधरीका अनुसार संस्थाको नीतिबमोजिम विद्यार्थीहरु छानिएका हुन्। छानिनुअघि सबै विद्यार्थीको पारिवारिक पृष्ठभूमि र डकुमेन्ट अध्ययण गरिएको उनले बताए।

यसवर्ष १ सय ३ जनाले छात्रवृत्तिका लागि निवेदन दिएका थिए। छात्रवृत्तिका लागि सहयोग पुर्या उने सबैलाई संस्थाका पदाधिकारीले धन्यवाद दिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *