नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको क्यालेन्डर र वार्षिक कार्ययोजना सार्वजनिक

नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघले २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। काठमाडौंमा आयोजित कार्यक्रममा थारू आयोगका अध्यक्ष बिष्णुप्रसाद चौधरीलगायत सहभागी अतिथिले क्यालेन्डर विमोचन गरेका हुन्।

कार्यक्रममा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक कानुनलाल चौधरी, नेपाल आदिवासी जानजाति महासंघका उपमहासचिव रामकृष्ण ब्लोन तामाङ, महासंघकै पूर्व केन्द्रीय अध्यक्ष एवं सल्लाहकार विजय सिंह लोप्चन, नेपाल आदिवासी जनजाति कर्मचारी मञ्चका उपाध्यक्ष एवं थाबिस केन्द्रीय सदस्य आशिष चौधरीलगायत सहभागी थिए।

त्यस्तै महासंघका अध्यक्ष चन्द्रप्रसाद चौधरीले क्यालेन्डरसँगै आगामी वर्षको वार्षिक कार्ययोजना पनि सार्वजनिक गरेका थिए। अध्यक्ष चौधरीका अनुसार कार्यक्रममा अतिथिहरूले नयाँ वर्षको शुभकामना आदान प्रदानसमेत गरेका थिए।

अध्यक्ष चौधरीले प्रस्तुत गरेको वार्षिक कार्ययोजना यस्तो छ:
– २०८१ वैशाख ५ गते नयाँ वर्षको शुभकामना आदन प्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रम
– २०८१ जेष्ठ, असार र साउन ३ महिनामा संगठन विस्तार नभएका काठमाडौं उपत्यका भित्रका क्याम्पसहरु लगायत अन्य जिल्लाहरुमा संगठन विस्तार गर्ने ।
– २०८१ भदौ १ गते संघीय परिषद् बैठक बस्ने ।
– २०८१ कार्तिक २४ गते जातीय विद्यार्थी संघ संस्थाहरुसंग समसामयिक विषयहरुमा छलफल तथा अन्तरक्रिया
कार्यक्रम गर्ने ।
– २०८१ मंसिर १४ गते जिल्ला-जिल्लामा विद्यार्थीहरु बीच छलफल सम्वाद् अन्तरक्रिया कार्यक्रम गर्ने
– २०८१ मंसिर ७ र ८ गते राष्ट्रिय समन्वय समितिको पूर्ण बैठक बस्ने ।
– २०८१ पौष १३ गते सचिवालय बैठक बस्ने ।
– २०८१ माघ १४, १५ र १६ गते तीन दिन २५ औं स्थापना दिवस कार्यक्रम गर्ने ।
– २०८१ माघ २६ गते समिक्षा बैठक बस्ने ।
– २०८१ फाल्गुन १० गते महासंघ सम्वद्ध सम्पूर्ण संघ संस्थाहरुसंग छलफल, सम्वाद् कार्यक्रम गर्ने ।
– २०८१ फाल्गुन र चैत्र संगठन विस्तार भएका सम्पूर्ण जिल्लाहरुमा अधिवेशन गर्ने
– २०८१ चैत्र ३० गते राष्ट्रिय समन्वय समितिको पूर्ण बैठक बस्ने ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *