समाचार

देउखुरी थारु, मगर र मधेसी समुदायको सभ्यताको संगम हो : मुख्यमन्त्री पोखरेल

काठमाडौं- प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको स्थायी राजधानीका रुपमा प्रस्ताव गरिएको देउखुरी क्षेत्रले प्रदेशकै साझा मनोविज्ञको प्रतिनिधित्व गर्ने बताएका छन्। सरकारले प्रदेशसभामा पेस गरेको प्रस्तावमाथि मतदान हुनुअघि प्रदेश सभालाई मंगलबार सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन्।

थारुवान/बुटवल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार गरिएको पीसीआर परीक्षणमा चौधरीलाई संक्रमण पुष्टि भएको हो। उनले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएकी छन्।

थारुवान/काठमाडौं

उदयपुरको बेलका नगरपालिका वडा नम्वर-२ बेल्हामा थारु संग्रहालयको स्थापना गरिएको छ। बेलका नगरपालिका वडा-२ बेल्हामा नगर स्तरीय थारु उत्थान विकास समितिको सक्रियतामा स्थापना भएको हो। बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीको पहलमा उक्त संग्रहालयको स्थापना भएको संग्रहालयका अध्यक्ष मिश्रीकान्त चौधरीले बताए।

थारुवान/उदयपुर

लामो समय शिक्षण पेशामा बिताएकी नेपालगञ्ज उपमहानगरपालिका–१२ की किरण आचार्यको तेस्रो कृति सँप रजुवाको सार्वजनिक भएको छ। थारु भाषामा लिखित सँप रजुवा (बट्कुही संग्रह–२०७७) सोमबार सार्वजनिक गरिएको हो। यसअघि उनको लघु कविता संग्रह–२०६१ र अस्तित्व (लघु कविता संग्रह–२०६५) प्रकाशित भएको छ।

थारुवान/बाँके

नेपाली कांग्रेसले प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङ देउखुरीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। कांग्रेस बुटवलमै राजधानी यथावत राख्ने पक्षमा छ।

थारुवान/दाङ

प्रदेश ५ को राजधानी दाङ देउखुरीको भालुवाङमा राख्ने प्रस्तावको कांग्रेसकै केही सांसदले विरोध गरिरहेका बेला त्यस क्षेत्रका आधा दर्जनभन्दा बढी केन्द्रीय सदस्यले भने स्वागत गरेका छन्।

थारुवान/दाङ

प्रदेश ५ को स्थायी राजधानी र नामबारे प्रदेश सरकारले राखेको प्रस्तावलाई अघि बढाउन सोमबार सुरु भएको प्रदेश सभामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै सांसदले अवारेध गरेकाका छन्।

थारुवान/बुटवल

प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकमा तनाव भएको छ । प्रदेशसभा बैठकमा काँग्रेस सांसदहरुले होहल्ला गर्दै संसद अवरुद्ध गरेका छन् भने सो क्रममा कुर्सी तोडफोड समेत भएको छ ।

थारूवान

रेशम चौधरीको तेस्रो कृति ‘परिबन्द’ आउने भएको छ। टीकापुर घटनामा जेलजीवन विताइरहेका रेशम चौधरीले यही साता परिवन्द नामक कृति सार्वजनिक गर्ने भएका हुन्।

थारुवान/काठमाडौं

सांसद् अमनलाल मोदी कोरोनामुक्त भएका छन्। ४ असोजमा कोरोना संक्रमण पुष्टि भएका सांसद मोदी शनिबार कोरोनामुक्त भएका हुन्।

थारुवान/मोरङ