रेशम चौधरीको तेस्रो कृति ‘परिबन्द’ आउँदै, प्रवासी  थारूहरुले सहयोग गरे दुई लाख

रेशम चौधरीको तेस्रो कृति ‘परिबन्द’ आउने भएको छ। टीकापुर घटनामा जेलजीवन विताइरहेका रेशम चौधरीले यही साता परिवन्द नामक कृति सार्वजनिक गर्ने भएका हुन्। उनका भाइ मिठु चौधरीका अनुसार उक्त कृषि प्रकाशनको अन्तिम चरणमा रहेको छ। यसअघि रेशम चौधरीले चिरफार र बधुवा कमैया नाम किताब प्रकाशन गरेका थिए।

७ भदौ २०७२ को टीकापुर घटनामा उनलाई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको थियो। हालः उनी काठमाडौंको डिल्ली बजारस्थित करागारमा रहेका छन्। रेशमले २०७४ को प्रतिनिधिसभा चुनावमा कैलाली क्षेत्र नं १ बाट अत्यधिक मत प्राप्त गरेर विजय भएका बनेका थिए। उनलाई तत्कालीन सभामुख कृष्णबहादुर महराले संसदको शपथ खुवाए थिए।

प्रवासी थारुहरुले दिए दुई लाख सहयोग

यसैबीच थारु कल्याणकारिणी सभा युएईको पहलमा रेशम चौधरीको किताब परिबन्द प्रकाशनका लागि दुई लाख सहयोग गरिएको छ। युएई सभाका तर्फबाट कमल चौधरीको नेतृत्वमा उक्त रकम संकलन गरिएको थियो।

जसमा युएईलगायत विदेशमा बस्ने थारुहरुले सहयोग गरेको थियो। सभाका अनुसार युएईमा कार्यरत कमल चौधरी, जनक चौधरी, संजय चौधरी, दिपेन्द्र कुमार माझी थारु, विद्यानन्द चौधरी, राम कुमार माझी थारु, सुर्य नारायण चौधरी, थारु कला केन्द्र, मोरंङ- सुनसरी, खोर बहादुर महतो, धर्मराज महतो, कृष्ण चौधरी, खेम महतो, भुपेन्द्र थनेत,  जापानबाट अनिल चौधरी, कतारबाट नारायण चौधरी, जर्मनीबाट प्रविन सिन्हा र अनिता चौधरी, नेपालबाट आशिक भगत, सागर चौधरीले नगद सहयोग गरेका थिए।

युएई सभाले नेतृत्व गर्ने कमल चौधरी र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ।

किताब किन्नका लागि यहाँ क्लिक गर्नुहोस्:




One thought on “रेशम चौधरीको तेस्रो कृति ‘परिबन्द’ आउँदै, प्रवासी थारूहरुले सहयोग गरे दुई लाख

  1. राम्रो कामको लागि सबै एक जुट हुनै पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *