3

सिंहदरबार घेर्नेलाई प्रधानमन्त्रीकाे प्रश्न- यो के तमासा हाे ?

प्रधानमन्त्री केपी ओलीले संघीय गठबन्धनले सिंहदरबार घेराउको आन्दोलन नरोके बल प्रयोग गर्ने संकेत गरेका छन्। मदन भण्डारी र जीवराज आश्रितको २३ औं स्मृतिमा नेकपा एमालेले गरेको कार्यक्रममा उनले सिंहदरबार घेराउलाई तमासा भन्दै धेरै दिन हुन नदिने बताएका हुन्।

थारूवान

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संसदीय नियमावली सहमतिमै बनाउने प्रयास अन्तिम समयसम्म जारी रहने बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै सत्तापक्ष र प्रतिपक्षबीच संसदीय नियमावली सहमतिमै बनाउनुपर्ने विषयमा मतदान प्रक्रियामा जानुअघिसम्म पनि प्रयास जारी राखिने उल्लेख गरे।

थारूवान

पहिचानलाई गुन्द्रुकसँग तुलना गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली जनताले गुन्द्रुक बनाउने संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईले बताएका छन् । संघीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रमको समापन कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

थारूवान

कृष्णराज सर्वहारी यस आलेखको तस्विरमा भव्य महलको अगाडि सानो झुपडीले जेनतेन सास फेरिरहेको छ। झुपडीको प्राणपखेरु कतिबेला उड्ने हो, थाहा छैन। त्यो बाटो भएर हिंड्ने नौला बटुवाहरूलाई लाग्दो हो, त्यत्रा भव्य महलका मालिकले आफ्नो घर परिसरमा त्यस्तो झुपडी किन पो बनाएका होलान्? एउटा बाख्रा समेत अँट्न मुश्किल पर्ने त्यो...

थारूवान

चितवनको रत्ननगरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ । रत्ननगर–१९ स्थित झुवानी सडकमा बा१ख ६६०६ नम्बरको स्कुलबसको ठक्करबाट बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

थारूवान

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–७ मा बोलेरो गाडीको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । पूर्वबाट–पश्चिमतर्फ जाँदै गरेको बा१२च ६१७४ नंको बोलेरो गाडीले विपरीत दिशाबाट आइरहेको साइकलयात्रीलाई ठक्कर दिँदा साइकलयात्री सप्तरीको शम्भुनाथ नपा–७ बस्ने २० वर्षीय रोशन चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए।

थारूवान

महिला तथा बालबालिका कार्यालय बर्दियामा छ बर्षको अवधिमा ५४५ वटा महिला हिंसाका घटना घटेका छन् । महिला तथा बालबालिका कार्यालय बर्दियाका कार्यालय प्रमुख गिराकुमारी बस्नेतले बर्दियामा महिला हिंसा तथा कुटपिटमा १५५, घर निकालामा ५९, बेवास्ता अपहेलनामा ९३, गाली–बेइज्जती १५, बहुविवाहमा २०, आर्थिक हिंसामा ११, यौन दुव्र्यवहारमा ७०, मानव बेचबिखनमा...

थारूवान

पछिल्लो समयमा पर्यटनको विकास हुँदै गएको पूर्वी चितवनको खैरहनी नगरपालिकाको कुमरोजमा चारवटा थारु होमस्टे (घरवास) सञ्चालनमा आएको छ । पर्यटकलाई थारुको रहनसहन र थारुकै परिकारका स्वाद उपलब्ध गराउने गरी थारु होमस्टे निर्माण गरिएको सहयोगी संस्था कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हीराबहादुर गुरुङले जानकारी दिए। खैरहनी नगरपालिका–१३ हर्नरीमा थारु होमस्टे निर्माण...

थारूवान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको आरोपमा निलम्बित सांसद ल्ह्यारक्याल लामाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार सांसद लामाले अवैधरुपमा रु नौ करोड ४४ लाख ७२ हजार १७९ कमाएको देखिएकाले आज मुद्दा दायर गरिएको हो ।

थारूवान

सरकारले आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्ष पदमा चन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको छ । प्रतिष्ठानको उपाध्यक्ष राज्यमन्त्री सरहको नियुक्ति हो । उपाध्यक्ष पदमा नियुक्त गुरुङ राप्रपा नेपालको कोटाबाट नियुक्त भएका हुन् ।

थारूवान