बर्दियामा ५ सय ४५ महिला हिंसाका घटना

महिला तथा बालबालिका कार्यालय बर्दियामा छ बर्षको अवधिमा ५४५ वटा महिला हिंसाका घटना घटेका छन् । महिला तथा बालबालिका कार्यालय बर्दियाका कार्यालय प्रमुख गिराकुमारी बस्नेतले बर्दियामा महिला हिंसा तथा कुटपिटमा १५५, घर निकालामा ५९, बेवास्ता अपहेलनामा ९३, गाली–बेइज्जती १५, बहुविवाहमा २०, आर्थिक हिंसामा ११, यौन दुव्र्यवहारमा ७०, मानव बेचबिखनमा १६, अलपत्र बेवारिसेमा ५२, फेला पारिएकोमा ४७, बालविवाहमा दुई, समाजबाट निकालामा तीनवटा गरी जम्मा ५४५ वटा घरेलु हिंसाका तथा बालबालिका कार्यालयमा मुद्दा दर्ता भएको बताए।

उनका अनुसार बर्दिया जिल्लाको सेवा केन्द्र, गुलरिया, बर्दिया (सञ्चालक सृजनशील महिला विकास बचत तथा ऋण सहकारी संस्था लि) र सानोश्री ताराताल नगरपालिका, बर्दियामा घरेलु हिंसा कार्यक्रम लागू भएदेखिको अहिलेसम्ममा मुद्दा दर्ता भएको उनले बताए।

बस्नेतका अनुसार आव २०६७-०६८ देखि २०७२-७३ वैशाख २० गते सम्मको तथ्याङ्क हेर्दा बर्दियामा महिला हिंसा बढी नै भएको बताए। उनले भने, ‘महिला हिंसाको घटना न्यूनीकरणका लागि राज्य लागिरहे पनि आम जनसमुदाय जबसम्म सशक्तीकरण हुँदैन तबसम्म यस्ता सामाजिक घटना न्यूनीकरण गर्न नसकिने बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *