Chandar Bde Gurungसरकारले आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्ष पदमा चन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको छ । प्रतिष्ठानको उपाध्यक्ष राज्यमन्त्री सरहको नियुक्ति हो । उपाध्यक्ष पदमा नियुक्त गुरुङ राप्रपा नेपालको कोटाबाट नियुक्त भएका हुन् । धनगढीका गुरुङ राप्रपा नेपालका केन्द्रीय सदस्य र सुदुरपश्चिम क्षेत्रका संयोजक हुन् । यसैगरी प्रतिष्ठानको सदस्य सचिव पदमा एमालेका गोविन्द लाल माझी नियुक्त भएका छन् । उनी नेपाल लोकतान्त्रिक माझी संघका महासचिव हुन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *