संघीय गठबन्धनलाई वार्तामा अाउन गच्छदारकाे अाग्रह

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संसदीय नियमावली सहमतिमै बनाउने प्रयास अन्तिम समयसम्म जारी रहने बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै सत्तापक्ष र प्रतिपक्षबीच संसदीय नियमावली सहमतिमै बनाउनुपर्ने विषयमा मतदान प्रक्रियामा जानुअघिसम्म पनि प्रयास जारी राखिने उल्लेख गरे।

सहमतिबाट नै संविधान कार्यान्वयनका लागि संसदीय नियमावली सहमतिमा जारी भएको अवस्थामा सकारात्मक सन्देश जनताबीच जाने भएकाले यस विषयमा सोच्न प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई आग्रह गरे।

संविधानमा तोकिएबमोजिम संसदीय सुनुवाइ समितिको सङ्ख्या निर्धारण हुनुपर्ने उल्लेख गर्दै सो समितिले अविश्वास प्रस्ताव उच्चपदस्थ संविधान निकायका प्रमुख र राजनीतिक निकायका प्रमुखलाई महाअभियोग प्रस्तावको सन्दर्भमा नेपाल सरकारले गरेको निर्णयलाई सो समितिले दुई तिहाइको बहुमतले बदर गर्न सकिने स्पष्ट पारे।

उनले स्थानीय निकायको निर्वाचन गराउन सरकार तयार रहेको र काँग्रेस तथा मधेसी मोर्चालाई निर्वाचनका लागि सकारात्मक हुनुपर्ने विषयमा जोड दिए।

सङ्घीय गठबन्धनको आन्दोलनको सन्दर्भमा पत्रकारको जिज्ञासामा उनले वार्ताबाट नै समस्याको समाधान हुने उल्लेख गर्दै सरकारले पटकपटक वार्तामा आउन आग्रह गरेकाले आन्दोलनमा जान नहुने धारणा राखे। रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *