2

भिडियो र फोटोमा हेर्नुस् प्रहरी र आन्दोलनकारीबीचको घम्साघम्सी

संविधानमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका मधेसी मोर्चासमेत सहभागी भएको संघीय गठबन्धनले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेको छ। शनिबार विरोध प्रदर्शन गरेको २९ दलीय गठबन्धनले आइतबार सिंहदरवारका विभिन्न नाकामा धर्ना दिएको छ। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले माइतघर मन्डलामा नेतृत्व सम्हालिरहेका छन् भने राजेन्द्र महतोलगायतका नेताहरुले हनुमानस्थान नाकाको...

थारूवान

नेकपा एमालेका पूर्वसभासद शान्ता चौधरी नेपाल सरकारको राष्ट्रिय विकास परिषद्को सदस्यमा नियुक्त भएकी छन्। हालै सरकारले चौधरीलाई परिषद्को सदस्यमा नियुक्त गरेको हो। उनले सामाजिक सञ्जाल फेसबुकमा सरकारले परिषद्को सदस्यमा आफूलाई नियुक्त गरेको उल्लेख गरेकी छन्।

थारूवान

लखन चौधरी/कैलाली। हचुवाको भरमा आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको भन्दै थरुहट कैलालीले आफ्नै केन्द्रीय कार्यक्रमहरु बहिष्कार गरेको छ। संघीय गठबन्धनले जिल्ला स्तरमा कुनै तयारी तथा समन्वय नै नगरी एकतर्फी रुपमा आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेको भन्दै बहिष्कार गरिएको हो।

थारूवान

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद गोपाल दहितले शनिबार अन्नपूर्णपोस्टमा प्रकाशित समाचारप्रति कडा आपत्ति जनाएका छन्। उनले उक्त समाचारलाई जलनको रुपमा ब्यख्या गरेका छन्। उनले स्वदेशी र विदेशी स्रोत साधनको र अवसरमा सदियौंदेखि ब्रह्मलुट मच्चाउनेहरुको अन्तर मनबाट जलनको बु नस्किएको उल्लेख गरेका छन्।

थारूवान

कारी महताे/चितवन। थारु कल्याणकारिणी सभा (थाकस) लगायतको थरुहट/थारुवान संयुक्त संघर्ष समितिले आह्वान गरेको जेठ २ गतेको थरुहट तराई बन्दको पूर्व सन्ध्यामा चितवनको माडी नगरपालिकाको मुख्य बजार वसन्तपुरको पुलचोकदेखि दिवाकर चोकसम्मा मशाल जुलुश सम्पन्न भएको छ ।

थारूवान

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित सङ्घीय गठबन्धनले संविधानमा मधेसी, थारु, अल्पसङ्ख्यक, मुस्लिमलगायतका मागलाई नसमेटेको भन्दै विरोध प्रदर्शन गरेको छ । गठबन्धनमा आबद्ध विभिन्न राजनीतिक दलका नेताको अगुवाइमा आज शान्तिवाटिकादेखि पुरानो बसपार्क, सहिदगेट, इन्द्रचोक, नयाँसडक, विशालबजार, असन, ठमेल हुँदै सञ्चयकोष अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । संघीय समाजवादी फोरम नेपालका...

थारूवान

कल्लु सरदार। कठै नेपाली नेता! जीन्दगी नेपालकै लागि ब्यतित भो बलिदानीको के बयान गर्नु? कति वर्ष जेल गए, कति भोकभोकै बसे। सत्ता चलाउँदा कति सास्ती खेपे, मरेर जाँदा बाँचेका देशका नेताले राजकिय सम्मानका साथ तिम्रा अन्त्यस्थि गरे। हजारौं जनता मलामी गए, लाखौं जनता तिम्रो शोकमा रोए तर तिम्रो वफादार...

थारूवान

थरुहट तराई पार्टी नेपालका सांसद गंगा थारुले जारी थारु आन्दोलनले नयाँ इतिहास रच्ने बताएकी छन्। यो अवसरलाई थारु युवाहरुले गुमाउन नहुने उनले बताइन्। ‘हामीले गरेको आन्दोलनले नयाँ इतिहास रच्दैछ। यसको भागिदार थारु युवा विद्यर्थीहरुले लिनुपर्छ,’ सिहंदरवारमा आयोजित बैठकमा उनले भनिन्।

थारूवान

टीकापुर घटनामा संलग्नता रहेको भन्दै नवलपुरका सन्तकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई स्थानीय प्रहरीले गाउँबाटै पक्राउ गरेको थरुहट/थारुवान संयुक्त संघर्ष समिति सदस्य इन्दु थारुले जानकारी दिइन्। तर जिल्ला प्रमुख एसपी राजेन्द्र विस्टले सोबारे आफूलाई थाहा नभएको बताए।

थारूवान

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपन्द्र यादवले सङ्घीय गठबन्धन अब वार्ताको पक्षमा नरहेको र आन्दोलनको तयारीमा जुटेको बताएका छन्। विराटनगर विमानस्थलमा बुधबार बिहान पत्रकारसँग कुराकानी गर्दै उनले ३६ पटक वार्ता भए पनि सरकार एक कदम पनि अगाडि नबढ्ने भएकाले अब वार्तामा नबस्ने, अधिकार प्राप्तिका लागि आन्दोलनको निरन्तरता दिने बताए।

थारूवान