From Papers

भारतीय उर्जा मन्त्री भन्छन्ः नेपालसँग सम्बन्ध सुधार्न चाहन्छौ

भारतका ऊर्जा मन्त्री पियुष गोयलले भारत नेपालसँगको सम्बन्ध सुधार गर्न इच्छुक रहेको बताएका छन् । आइतबार दिल्लीमा नेपाली पत्रकारहरूसँग मन्त्रालयमै करिब २ घन्टा अन्तरक्रियामा सामेल भएका उनले सम्बन्ध सुधारको पक्षमा आफूहरु रहेको बताएक  छन् ।

थारूवान

दाइजोमा दुई लाख नदिएको भन्दै एक महिलाको हत्या भएको छ । दाइजोमा कबुल गरिएको १३ लाख नगदमध्ये दुई लाख रूपैयाँ केटा पक्षलाई नदिएको विषयमा राधादेवी साहको हत्या भएको हो ।

थारूवान

आगामी आर्थिक वर्षको बजेट लगत्तै नयाँ सरकार गठन हुने भएको छ । सत्तागठबन्धन प्रमुख दल नेकपा एमाले र तत्कालीन एमाओवादीबीच जेठ २३ मा भएको ९ बुँदे सहमति र भद्र सहमति बमोजिम सत्तारुढ दल नै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट प्रस्तुत गरेपछि नयाँ सरकार गठनको गृहकार्य जुट्ने तयारीमा  छ...

थारूवान

राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी गुरुयोजना छिटो सम्पन्न गरेर समग्र लुम्बिनीक्षेत्र विकासमा अघि बढ्न सरकारलाई आग्रह गरेकी छन्। बुद्धसँग जोडिएका रूपन्देही, कपिलवस्तु र नवलपरासीका ऐतिहासिक संरचना  संरक्षण गर्दै अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्ने उनको भनाइ छ।

थारूवान

स्वास्थ्यमन्त्री रामजनम चौधरीले ‘आफ्ना मान्छे’ नपारिएको भन्दै स्वास्थ्यकर्मी करार पदपूर्ति प्रक्रिया अन्तिम चरणमा रद्द गरिदिएका छन्।  सुदूरपश्चिमाञ्चल स्वास्थ्य सेवा निर्देशनालयले सुरु गरेको करार पदपूर्तिमा आफूनिकट व्यक्तिलाई अनुत्तीर्ण गराएको भन्दै मन्त्री असन्तुष्ट भएका हुन्।

थारूवान

‘दैनिक १८ घन्टा ड्युटी गएर आइएको हुन्छ। कुरै नबुझी हाकिम साहेबले मुख छाडेर गाली गर्नुहुन्छ,’ प्रहरीभित्रका गुनासो जान्न प्रहरीले गरिएको सर्वेक्षण भिडियोमा एक जवान भन्छन्। आन्तरिक अनुशासन र गुनासो जान्ने ध्येयले तयार गरिएको सर्वेक्षण भिडियोमा प्रहरी संगठनभित्रको समस्या यसरी छताछुल्ल भएको छ। महिला प्रहरीको गुनासो त्यत्तिकै छ।

थारूवान

गर्भपतन गर्ने चक्की सेवनपछि पाठेघर फुटेर एक महिला परोपकार प्रसुति अस्पतालमा उपचाररत छिन् । उनले कुनै चिकित्सकको सल्लाहले होइन, पसलले दिएको भरमा त्यो औषधि आएकी थिइन्।

थारूवान

भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकसहित लाप्राक र गुम्दाका विभिन्न स्थानमा ‘ठूला भ्वाङ’ पर्न थालेको छ । ती ठाउँमा वर्षायाममा पहिरोको ठूलो जोखिम रहेको स्थलगत अध्ययन गरेर फर्किएका भूगर्भविद्हरूले जनाएका छन् ।

थारूवान

गत २३ वैशाखमा ललितपुरको कार्यविनायक बस्ने राजेन्द्रमान सिंहको घरबाट रहस्यमय रुपमा १९ तोला गहना चोरी भयो । घरमा कतै ताला फटाएको छैन, मान्छे घरमै भएको अवस्थामा चोर छिरेर चोर्ने अवस्था पनि थिएन । तर, कसरी चोरी भयो ? प्रहरी पनि चकित भयो । दराजको पछिल्लो भाग काटेर गहना चोरी भएको...

थारूवान

पर्साको लखनपुर-४ का मथुरा साहकी छोरी सुनिता साह र पर्साकै महुवन-३ का गणेश साह कानुका छोरा हरिशंकर साहसँग वैशाख १७ गते तय भएको थियो । विवाहमा आउने जन्तीको स्वागत र व्यवस्थापनका लागि बेहुलीका बुबा मथुराले सबै तयारी पुरा गरिसकेको भए पनि बेहुला पक्षले जन्ती लिएर नआएपछि विवाह भाँडिएको हो। विवाहमा...

थारूवान