देश

माघ ८ पछि सभासद्लाई तलब भत्ता नदेउ : लेखी

संविधानसभाले माघ ८ गते राति ११ बजेर ५९ मिनेट भित्रमा संविधान बनायो भने बनायो, नत्र भंग हुनुपर्ने माग राजकुमार लेखीले राखेका छन् । संविधानसभा ब्राम्हण एकता परिषदको खेलौना बनेको भन्दै राष्ट्रिय नागरिक पार्टी (नेपाल) का अध्यक्ष लेखीले भने, ‘अध्यक्ष सुवासचन्द्र नेम्वाङ ब्राम्हण एकता परिषदकै एक सदस्यका रुपमा देखिएका छन् ।...

थारूवान

राज्य विप्लवको आरोप लागेका डा. सीके राउतलाई प्रहरीले शनिवार पुनः पक्राउ गरेको छ । देश टुक्राउन पाउनुपर्ने अभिब्यक्ति दिएर पटक पटक पक्राउ परेका राउतलाई कार्यक्रममा सहभागी हुन जाँदै गर्दा शनिवार मोरङ् प्रहरीले पक्राउ गरेको हो ।

थारूवान

पद्मरत्‍न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले ‘अकुपाइ बानेश्वर’ (बानेश्वर कब्जा गरौं) सहितका आन्दोलन गर्ने भएको छ । पहिचानसहितको संविधान माग गर्दै तुलाधर मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गर्दैछ । ‘दोस्रो चरणको आन्दोलन घोषणा गर्न लागिएको हो’ आन्दोलनका प्रवक्ता ओम गुरुङले भने ।

थारूवान

थारु विद्यार्थी समाज (थाविस)को छैठौं महाधिवेशन सफल पार्न बनाइएको मूल आयोजक कमिटीको सदस्यबाट दुई जनाले राजीनामा दिएका छन्। थाविस उपत्यका समितिका सचिव विमल चौधरी र सदस्य संजय चौधरीले महाधिवेशन असफल भएको भन्दै नैतिकताको आधारमा राजीनामा घोषणा गरेका छन्। 

थारूवान

अन्ततः थारु विद्यार्थी समाजको छैठौं महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्न सकेन। सहमति प्रयास पूर्णरुपमा विफल भएपछि र निर्वाचन आयोगले समयमै निर्वाचन गराउन नसक्दा जिल्ला प्रतिनिधिहरु घर फर्किएका छन्। राति १० बजेसम्म चुनाव नभएपछि आक्रोशित प्रतिनिधिहरु फर्किएका हुन्। केहीले त उम्मेदवारी फारम नै च्यातेर फालेका थिए।

थारूवान

थारु विद्यार्थी समाजको छैठौं महाधिवेशनमा झाँकी र्‍याली आयोजना गरिएको छ। सौरहाको बछौली स्कुलबाट सुरु भएको र्‍याली सौरहा बजार परिक्रमा गरिएको थियो। र्‍यालीमा थारु विद्यार्थी एक हौं, सर्वसुलभ शिक्षा लागू गर, ‘लगायतको नारा लगाइएको थियो। र्‍यालीमा थारु समुदायका मानिसहरु आफ्नो भेषभुसा झल्किने पहिरण पहिरिएका थिए। हेर्नुस् केही तस्बिर:  

थारूवान

देश टुक्र्याउने अभिव्यक्ति दिँदै हिँडेको अभियोगमा केही महिनाअघि पक्राउ परेर धरौटीमा छुटेका सीके राउतले फेरि मधेसलाई टुक्र्याउनुपर्ने भन्दै खुलेआम अभिव्यक्ति दिँदै हिँड्न थालेका छन् । जेलबाट छुटेलगत्तै मधेश दौडाहामा रहेका राउतले ‘ एक मधेश अलग देश’ बाहेक अन्य कुनै पनि शर्त अब मधेशी जनता नमान्ने अभिव्यक्ति दिएका छन् ।

थारूवान

नेपाल आदिवासी जनजाति महासंघका निवर्तमान महासचिव आङकाजी शेर्पाले महासंघका तीन जनालाई खुल्ला पत्र लेखेका छन्। उनले महासंघका अध्यक्ष नागेन्द्रकुमार कुमाल, पेम्बा भोटे र निवर्तमान अध्यक्ष राजकुमार लेखीलाई फेसबुकमार्फत् खुलापत्र लेखेका हुन्। उनले नायक भएर आन्दोलन हाँक्ने नि खलनायक भएर आन्दोलन भाँड्ने भन्दै खुला पत्र लेखेका हुन्। यी तीन जनाजति...

थारूवान

माघ ८ मा संविधान बनेन भने के हुन्छ ? राजकुमार लेखीले माग गरेका छन्, ‘माघ ८ मा संविधान बनाउँदैनन् भने संविधानसभा विघटन गर्नुपर्छ । नयाँ चुनाव गर्नुपर्छ ।’ राष्ट्रिय नागरिक पार्टी (नेपाल) का अध्यक्ष लेखीले झिल्कोसँगको वार्तामा भने, ‘हाम्रो पार्टीले संविधानसभा चुनाव बहिष्कार गरेन, हामी चुनावमा सहभागी पनि भएनौं...

थारूवान

काठमाडौं- राजधानीमा हुने माघी महोत्सवको उद्‍घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्ने भएका छन्। थारु कल्याणकारिणी सभा (उपत्यका समिति)ले माघ १ गते टुँडिखेलमा १३औं माघी महोत्सव आयोजना गर्दैछ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी निमन्त्रणा दिइएको माघी मूल आयोजक समितिका संयोजक सत्यनारायण चौधरीले बताए। प्रधानमन्त्री काइरालाले निमन्त्रणलाई स्वीकार गरेको संयोजक चौधरीले...

थारूवान