देश

पहाड जतिकै प्रदेश तराईमा हुनुपर्छ : धनिराम चौधरी

थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीले थाकसको बटमलाइन परिवर्तन नभएको बताएका छन्। उनले संघीयताको सबालमा पहाडमा जति प्रदेश बनाइन्छ, त्यति नै प्रदेश तराईमा पनि बनाइनुपर्ने अडान कायमै रहेको बताए। केही मिडियामा सभाले ४ प्रदेशको खाका बोकेको समाचार आएकोप्रति ध्यानाकर्षण गराउँदै उनले सभाको अडान कायमै रहेको बताए। 

थारूवान

आदिवासी जनाजति महासंघको राष्ट्रिय भेला बुधबारदेखि बुटवलको ग्रिन भ्याली पार्टी प्यालेसमा सुरु हुँदैछ। दुई दिने राष्ट्रिय भेलामा ७५ वटै जिल्लाका जिल्ला सभापति र एक जना महिला प्रतिनिधि सहभागी हुने बताइएको छ। 

थारूवान

बिनोद चौधरी, दाङ- थारु विद्यार्थी समाज दाङका अध्यक्ष सन्तोष दहितले थारु विद्यार्थीको अधिकारका लागि सबै थारु विद्यार्थी एकजुट हुनुपर्ने बताएका छन‍्। विद्यानिलकण्ठ बहुमुखि क्याम्पसले आयोजना गरेको कार्यक्रममा उनले थारु विद्यार्थीहरुले अधिकार र शिक्षा सँगसँगै लग्नुपर्ने अहिलेको आवाश्यक्ता रहेका बताए।

थारूवान

मधेसी जनअधिकार फोरम नेपालले ९ प्रदेशको प्रस्ताव गरेको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमा जातीयतासहितको ९ प्रदेशको प्रस्ताव गरेका छन् । यादव नेतृत्वको फोरम नेपाल एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको २२ दलीय गठबन्धनको एउटा सदस्य दल हो । २२ दलले भने एकीकृत प्रस्ताव...

थारूवान

काठमाडौं- सार्क सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्ने खबर भारतीय दूतावासबाट आएपछि रातारात मधेसवादी दलले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा ब्यूत्याँएको थाहा भएको छ। पहिलो सविधानसभा विघटनपछि मधेसवादी दलको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा भंग भएपछि दोस्रो सविधानसभा निर्वाचन भइसक्दा पनि मोर्चा ब्यूत्याउन सकेका थिएनन्।

थारूवान

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै राजनीतिक शक्तिको सहमतिका आधारमा नेपालमा छिटोभन्दा छिटो संविधान बन्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग स¬ङ्गठन(सार्क)को १८ औंँ शिखर सम्मेलनमा सहभागिताका लागि आज काठमाडौं आउनुभएका प्रधानमन्त्री मोदीले नेपालको संविधान निर्माण प्रक्रियामा भारतले कुनै दखल नदिने स्पष्ट गर्दै भारत छिमेकी देश नेपालमा जति...

थारूवान

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मधेसवादी दलका नेताहरूले सामूहिक भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री मोदी रहनुभएको होटल सोल्टीमा आज राति अबेर भएको सो भेटवार्तामा मुलुकको समसामयिक राजनीतिक स्थिति, दुई देशबीचको सम्बन्ध तथा संविधान लेखनका विषयमा भइरहेको प्रगतिका बारेमा केन्द्रित रहेर उहाँहरूबीच छलफल भएको थियो।

थारूवान

काठमाडौं‌- आत्मनिर्णयको अधिकार प्रयोग गरेर मधेसलाई स्वतन्त्र राष्ट्र बनाउनुपर्छ भन्ने डा. सिके राउत रिहा भएका छन्। राज्य विप्लवको मुद्दा लगाएर उनलाई पक्राउ गरिउको थियो। अदालतले उनलाई पचास हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

थारूवान

काठमाडौं- मधेस केन्द्रित छवटा राजनीतिक दलहरुले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई पुनः ब्युँताएका छन् । संविधानसभामा प्रतिनिधित्व गर्ने ६ मधेसी दलले आठबुँदे घोषणापत्रसहित सोमबार मधेसी मोर्चा पुनर्गठन गरेका हुन् । मोर्चाको घोषणापत्रमा लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदार, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत, सदभावना अध्यक्ष राजेन्द्र महतो,...

थारूवान

काठमाडौं- आदिवासी जनजाति महासंघले ‘खबरदारी सभा’ गर्ने भएको छ। महासंघले मंसिर ४ गते बिहीबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा खबरदारी सभा आयोजना गर्ने भएको हो। संविधान सभाबाटै पहिचानसहितको संघीय संविधान जारी गराउने उद्देश्यले खबरदारी सभा आयोजना गरेको महासंघका अध्यक्ष नागेन्द्र कुमालले बताए।

थारूवान