खेलकुद

आजको दुबै खेल बराबार

काठमाडौं- राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको सङ्कटा क्लब र न्यूरोड टिम (एनआरटी) बीचको खेल बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा भएको सो प्रतियोगितामा सङ्कटा र एनआरटीबीचको खेल १–१ गोलको बराबरीमा सकिँदै दुवै टिमले अङ्क बाँडेका छन्। 

थारूवान

बार्सिलोना, एजेन्सी– अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीको कीर्तिमान तोड्न आउने वर्षमा अरु खेलाडीलाई मात्र होइन उनी आफैलाई पनि कठिन पर्न सक्छ। किनकि गर्ड मुलरले एक वर्षमा गरेको ८५ गोलको कीर्तिमान तोड्न ४० वर्ष लाग्यो। मुलरको त्यो कीर्तिमान उनै मेसीले आइतबार स्पेनिस लिगको खेलका क्रममा तोडेका छन्।

थारूवान

मुकेश टेंर्रा, कैलाली- थारु समुदायमा परम्परागत खेलिदै आएका खेलहरु समेतिएको बसन्ता पौराणिक खेलकुद प्रतियोगिता खैलाडमा सम्पन्न भएको छ। ती परम्परागत खेलहरु लोप हुँदै गएको भन्दै खैलाड गाविसका नवदुर्गा युवा क्लब, युवा मिलन क्लब र साइनो युवा क्लवले आइतबारदेखि सो प्रतियोगिता आयोजनामा गरेका हुन्। पौराणिक खेलकुद महासंघको सहयोगमा चिई, छुर,...

थारूवान

(एजेन्सी)- लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो र आन्द्रेज इनिस्टा बिहीबार फिफा विश्व वर्ष खेलाडीको अन्तिम मनोनयनमा परेका छन्। बार्सिलोनाका २५ वर्षे अर्जेन्टिनी फरवार्ड मेसीले यसअघि लगातार तीनपटक यो उपाधि जितिसकेका छन्। यसपालि जनवरी ७ मा जुरिचमा हुने अवार्ड कार्यक्रममा पनि उनैलाई वर्ष खेलाडीको मुख्य दाबेदारमा लिइएको छ। राष्ट्रिय टोलीका प्रशिक्षक तथा...

थारूवान

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा न्युरोड टिम (एनआरटी) र रानीपोखरी कर्नर टिम (आरसिटी) विजयी भएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको सो प्रतियोगितामा एनआरटीले त्रिभुवन आर्मी क्लबलाई १–० गोलअन्तरले पराजित गर्‍यो भने आरसिटीले फ्रेन्डस क्लबलाई २–१ गोलले हरायो। 

थारूवान

पोखरा- सफल पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दीले जितेको छ। पोखरा रङ्गशालामा सञ्चालित सो प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा मनाङले मच्छिन्द्र क्लबलाई १–० ले पराजित गरेको थियो। कास्की जिल्ला फुटवल सङ्घको आयोजनामा गत कात्तिक १४ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा बिजेता मनाङ मर्स्याङ्दीले नगद रु तीन लाख...

थारूवान

पोखरा- पोखरा रङ्गशालामा सञ्चालन भइरहेको सफल पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्र क्लब विजयी भएको छ। निकै प्रतिस्पर्धात्मक आजको खेलमा मच्छिन्द्रले हिमालय शेर्पा क्लबलाई ३–१ गोलले पराजित गरी फाइनलमा प्रवेश गरेको हो।

थारूवान

पोखरा- पोखरा रङ्गशालामा सञ्चालन भइरहेको सफल पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गतको पहिलो सेमिफाइलनमा मनाङ–मर्स्याङदी क्लबले एनआरटीलाई १–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ। खेलको चौथो मिनेटमा नै सुजल श्रेष्ठले गरेको गोल नै मनाङलाई फाइनलमा पुर्‍याउन निर्णयक बन्यो।

थारूवान

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले ओलम्पिक कमिटीमा उत्पन्न विवाद तत्काल समाधान गरिने बताएका छन्। प्रधानमन्त्री भट्टराईले ओलम्पिक कमिटीमा उत्पन्न विवादका कारण राष्ट्रको बेइज्जत भएको र शिर निहुराएर हिँड्नुपर्ने अवस्थाको सिर्जना भएको उल्लेख गरे। युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद नेपाललाई तत्काल अन्तरराष्ट्रिय ओलम्पिक कमिटीलाई पत्राचार गर्न प्रधानमन्त्रीले निर्देशन दिए। 

थारूवान

मच्छिन्द्र क्लब सफल पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा मंगलबारको अन्तिम क्वाटरफाइनलमा भारतको कोलकाता पोर्ट ट्रस्ट स्पोर्ट्स क्लबलाई ६-० को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम ४ मा पुगेको हो। मछिन्द्रको जीतमा दीपक राईले ह्याट्रिक गरे। विराल राई ‘ए’ले २ र लक्ष्मीनारायण श्रेष्ठले १ गोल गरे।

थारूवान