मुकेश टेंर्रा, कैलाली- थारु समुदायमा परम्परागत खेलिदै आएका खेलहरु समेतिएको बसन्ता पौराणिक खेलकुद प्रतियोगिता खैलाडमा सम्पन्न भएको छ। ती परम्परागत खेलहरु लोप हुँदै गएको भन्दै खैलाड गाविसका नवदुर्गा युवा क्लब, युवा मिलन क्लब र साइनो युवा क्लवले आइतबारदेखि सो प्रतियोगिता आयोजनामा गरेका हुन्। पौराणिक खेलकुद महासंघको सहयोगमा चिई, छुर, बाघुवा गैया, टा“रा चिरौवर, राजा कबड्डी, टिपुर, पेंक, लौचिक डण्डा, मुर्गा झपट र साइ“क्या“चक्या“च गरी १२ वटा खेलको प्रतियोगिता सम्पन्न भएको हो।

खैलाड गाविसको वडा नम्बर ६ दुघरुवामा आयोजित सो जिल्ला स्तरीय प्रतियोगिता सोमबार सकिएको हो। प्रतियोगिताको पहिलो दिन महिला–पुरुष छुर, टीपुर (गोट्टीफोर), राज कबड्डी, महिला टा“रा चिरौवर र मुर्गा झपट (कक फाईट) प्रतियोगिता सम्पन्न भएको छ।

बसन्त वन क्षेत्रको किनारमा आयोजना गरिएकाले प्रतियोगिताको नाम बसन्ता राखिएको महासंघका सल्लाहकार बाँधुराम हर्दिउलाले बताए। महासंघले पौराणिक खेलकुद प्रतियोगिता २०६४ सालदेखि लगातर आयोजना गरिरहेको पौराणिक खेलकुदकी निर्णायक सीता जीबाटरले बताइन्।
प्रतियोगिताको प्रायोजन निलकण्ठ सामुदायिक वन खैलाड, खैलाड गाउँ बड्घर समिति र कोल्हकट्ला माछापालन समूहले गरेको छन्। प्रतियोगितामा दुई सय जना खेलाडीहरुको सहभागिता छ।
महासंघका अध्यक्ष बसन्त केसीले यो बसन्ता पौराणिक खेलकुद महोत्सव आयोजनाको पूर्व तयारी गर्न प्रतियोगिता आयोजना गरिएको बताए। उनले आउँदो माघमा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरेर बसन्ता पौराणिक खेलकुद महोत्सव आयोजना गरिने बताए।

पौराणिक खेललाई राष्ट्रिय मान्यता दिनुपर्ने
थारु समुदायका पूर्खाहरुले खेलेको पौराणिक खेलहरुलाई राष्ट्रिय मान्यता दिनुपर्ने बताइएको छ। खैलाड–६ दुघरुवा आयोगिता बसन्ता पौराणिक खेलकुद प्रतियोगिता उद्‍घाटन प्रतियोगितामा सहभागीहरुले त्यसो बताएका हुन्। उनीहरुले थारु समुदायमा रहेको खेलहरुलाई राष्ट्रिय मान्यता दिई संस्थागत विकास गर्न सरकारसंग माग गरेका छन्। उनीहरुले यी खेलहरुलाई राष्ट्रिय खेलहरुमा समावेश गरेमा अन्तराष्ट्रिय स्तरमा मुलुकको पहिचान कायम हुनसक्ने बताए।
जिल्ला खेलकुद विकास समिति कैलालीका अध्यक्ष तिलक चौधरीले अहिले अन्तराष्ट्रिय स्तरमा खेलिदै आएका सम्पूर्ण खेलहरु कुनै न कुनै मुलुकका आदिवासीहरुले खेल्ने पौराणिक खेल रहेको बताए। उनले थारु समुदायको पौराणिक खेलहरुलाई ती खेलका नियमहरु लिपिबद्ध गरी राष्ट्रिय खेलकुद परिषद्ले खेलाउने खेलहरुको सूचिमा समावेश गर्न सकिने बताए।
‘विकसितरुपमा नियम बनाएर खेलाएमा यि खेलहरुले राष्ट्रिय र अन्तराष्ट्रिय मान्यता पाउन सक्छ,’ खेल हेरिसकेपछि अध्यक्ष चौधरीले आफूले पनि बचपनमा यी खेल खेलेको सम्भि्कदै भने, ‘पहिले खेलेको खेल बिर्सिएर म अहिले विदेशी आदिवासीहरुको खेल (उसु) को राष्ट्रिय निर्णायकको पहिचान बनाएको छु। यो खेल खेलाएपछि नेपालमा आदिवासी थारु जातिको पहिचान विश्वमा कायम हुने छ।’
उनले पौराणिक खेललाई राष्ट्रिय मान्यता दिनका लागि ज्ञापन पत्र राष्ट्रिय खेलकुद परिषद्मा पुगिसकेको र सदस्य सचिव युवाराज लामा पनि यसप्रति सकारात्मक रहेको जानकारी दिए। उनले पौराणिकलाई राष्ट्रिय मान्यता दिएर संस्थागत विकास गर्नका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता समेत जनाए।
थारु कल्याणकारिणी सभा कैलालीका सचिव माधव थारु पहिचानको कुरा उठिरहेको बेला यो खेलकुद पनि एउटा पहिचान रहेको बताए। उनले यसलाई संरक्षण गरी थारु समुदायले आफ्नो पहिचान विश्वव्यापी बनाउनुपर्ने बताए। उनले यि खेलहरुलाई राष्ट्रिय खेलकुद परिषद्को खेलको सूचिमा राखी देश भरी खेलाइनुपर्ने बताए।
पौराणिक खेलकुद महासंघका सल्लाहकार बाँधुराम हर्दिउलाले पौराणिक खेलहरु संरक्षणका लागि युवाहरु सक्रिय भएर लाग्नुपर्ने बताए। उनले युवाहरुले यि खेल संरक्षणका लागि सक्रिय भएर खेल्न, खेलाउने र पौराणिक खेलकुद प्रतियोगिता आयोजना गर्नुपर्ने बताए। पौराणिक खेलकुद प्रतियोगिता आयोजना गरी खैलाडलाई पर्यटन क्षेत्र बनाउन खैलाडका युवाहरु लागिपरेको समेत हर्दिउलाले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *