अर्थ

सहमतिबिनाको बजेट असम्भव

काठमाडौं- सरकार कात्तिक मसान्तभित्रै पूर्ण बजेट ल्याउन कम्मर कसेर लागेकै बेला पूर्व अर्थमन्त्रीहरूले भने सहमतिबिना बजेट पेस भए सरकारको औचित्य समाप्त हुने चेतावनी दिएका छन्। रिपोटर्स क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा पूर्व अर्थमन्त्रीहरूले २०६३ साल कात्तिक २२ गते मुलुकका प्रमुख मुद्दामा राष्ट्रिय सहमति हुनुपर्ने विषय किटान भएकाले वर्तमान सरकारले...

थारूवान

विराटनगर- सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरमा भएको आर्थिक अनियमितता र भ्रष्टाचार सम्बन्धमा छानबिन सुरु गरिएको छ। आयल निगम आन्तरिक नियन्त्रण विभाग काठमाडौँका निर्देशक सागर सत्यालको नेतृत्वमा आएका चार सदस्य टोलीले आजदेखि छानबिन सुरु गरेको हो।

थारूवान

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले दलीय सहमतिमा पूर्ण बजेट ल्याउने प्रयास जारी रहेको बताउँदै त्यसनिम्ति सहयोग गर्न उद्यमी–व्यावसायी एवम् आर्थिक क्षेत्रका विज्ञहरूसँग आग्रह गर्नुभएको छ।

थारूवान

कञ्चनपुर- युनाइटेड टेलिकमले दसैं तिहारको अवसर पारी कञ्चनपुरमा निःशुल्क मोबाइल सिम वितरण गर्न सुरु गरेको छ। कम्पनीको आधिकारिक बिक्रेता पपुलर ट्रेड लिङ्कले मदनचोकमा स्टल राखेर सिम वितरणको कार्य सुरु गरेको हो। आफ्नो प्रचारप्रसारका लागि दुई दिनसम्म निःशुल्क सिम वितरण गरिने आधिकारिक बिक्रेता ट्रेड लिङ्का बजार अधिकृत टेकबहादुर कपडेले बताए।

थारूवान

काठमाडौं- नेपाल खाद्य संस्थानले दसैँको लागि आजदेखि खसीबोकाको बिक्री वितरण सुरु गरेको छ। संस्थानले थापाथलीस्थित अञ्चल कार्यालयबाट सर्वसाधारणलाई खसीबोका बिक्री वितरण सुरु गरेको हो।

थारूवान

प्रभाषचन्द्र झा, भद्रपुर- नेपालीहरूको महान पर्व दसैँ नजकिँदै गइरहेको बेला भारतीय नोटको कालोबजारी अत्यधिक बढेको छ। सीमावर्ती जिल्ला भएका कारण अधिकांश झापाली भारतीय बजार गलगलिया, पानीट्याङ्की, नक्सलबारी र सिलिगुडीको बजारमा किनमेल गर्न जाने गरेकाले भारतीय नोटको माग अत्यधिक बढेको हो।

थारूवान

भरत केसी- सरकारले १० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०१२ का कार्यक्रम प्रभावकारी नहुँदा भ्रमण वर्षबाट अपेक्षित उपलब्धी नहुने देखिएको छ। भ्रमण वर्षमा पर्यटकलाई लुम्बिनी र बुद्धसँग सम्बन्धित यस क्षेत्रका दर्शनीयस्थलमा पुग्ने कार्यक्रम नहुँदा भ्रमण वर्षमा पर्यटक आगमनको लक्ष्य पूरा नहुने देखिएको हो।

थारूवान

रमेश लम्साल, काठमाडौं- सरकारले देशका पाँच स्थानमा केबुलकार सञ्चालन गर्ने भएको छ। सरकारले गरेको अध्ययनअनुसार केबलकार सञ्चालनका लागि मुलुकको पाँच स्थान उपयुक्त देखिएको हो।

थारूवान

जनकपुरधाम- अर्थाभावको कारण विगत एक वर्षदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना सञ्चालन नहुँदा धनुषा जिल्लाको अर्थतन्त्र प्रभावित भएको छ। जनकपुरको आर्थिक विकास तथा यसको पहिचानसँग जोडिएको चुरोट कारखाना सरकार परिवर्तनसँगै हुने राजनीतिक हस्तक्षेपका कारण धरासायी बनेको जनकपुरवासीको आरोप छ।

थारूवान

लालबहादुर ऐरी- पश्चिम सेती परियोजना निर्माणसम्बन्धमा चिनियाँ निर्माण कम्पनी थ्री गर्जेजसँग हालै सम्झौता भएपछि डेढ दशकसम्म ठूलो धैर्यता र सपना साँचेर बसेका सुदूरपश्चिमाञ्चल क्षेत्रका जनता अब चाहीँ परियोजना बन्ने नै भयो भन्ने कुरामा ढुक्क हुन थालेका छन्।

थारूवान