संगीत सिक्दा कयौं रात भोकै सुतेको छु : गणेश चौधरी [भिडियो]

थारु सांगीतिक क्षेत्रमा चर्चित नाम हो गणेश चौधरी । यो क्षेत्रमा आफ्नो पहिचान बनाउन उनले धेरै पापड बेलेका छन् । रुपन्देहीमा जन्मिएका उनी सानै उमेरदेखि गीत गाउँथे । त्यतिबेला गाउँमा हिन्दी गीतको प्रभाव थियो । उनी कुमार सानु, उदित नारायण झाका फ्यान थिए, उनकै गीतहरु रातदिन गुनगुनाउँथे ।

गीतप्रतिको उनको लगाव देखेर गाउँका धेरैले भन्थे– तिमी गीत गाउ, हामी लगानी गर्छौं । तर उनले सांगीतिक क्षेत्रमा कोसैलाई चिन्दैनथे । एकदिन के मुड चलेछ, आफ्नो सांगीतिक पहिचान बनाउन उनी काठमाडौं आउने निधो गरे । विंस २०६० मा उनी सपनाको सहर काठमाडौं आए ।

काठमाडौं आएर उनी भोकल सिक्न थाले । त्यतिले मात्र उनको पेट भरिँदैन्थ्यो । के गर्ने, कसो गर्ने, उनलाई केही आइडिया थिएन । जे–जे भेट्यो, उनी त्यही काम गर्दै गए । ढुंगा खोज्दा देउता मिलेजस्तै उनले चार वर्षपछि स्टुडियोको काम पाए । त्यो त्यही स्टुडियो हो, जसले उनको सांगीतिक पहिचान बदलिदिएको छ, थारु सांगीतिक क्षेत्रलाई अब्बल बनाइदिएको छन् । आउनुस् त्यही ड्रिम्स स्टुडियोमा गणेश चौधरीले विताएका पल, भोगेका दुःख र पाएका खुसीहरुबारे कुराकानी गरौं ।

 भिडियोमा हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *