थारूवान डटकम संवाददातासहित दुईजना सम्मानित

थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले पूर्वी चितवनमा क्रियाशिल दुई जना पत्रकारलाई बुधबार सम्मान गरेको छ। खैरहनीमा आयोजना गरिएको नवौं खिचरा महोत्सव २०८० को समापनको अवसर पारेर जननिकास डटकमका सञ्चालक दिलिप डल्लाकोटी र थारुवान डटकमका चितवन संवाददाता कारी महतोलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो।

पत्रकारितामार्फत् थारु संस्कृतिको संरक्षणमा योगदान गरेको भन्दै डल्लाकोटी र महतोलाई सम्मान गरिएको हो। महोत्सव समापन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद जगन्नाथ थपलिया र थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ का अध्यक्ष रामेश्व चौधरीले डल्लाकोटी र महतोलाई नगदसहित सम्मानपत्रले सम्मान गरेका थिए। महोत्सव सम्पन्न गर्न सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई समेत सम्मान गरिएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *