खिचरा महोत्सव : चित्रकला प्रतियोगितामा निरज चौधरी प्रथम

नवौं खिचरा महोत्सव परिसरमा महोत्सवद्वारा आयोजना भएको चित्रकला प्रतियोगितामा होली गार्डेन मोर्डन स्कुलका निरज चौधरी प्रथम भएको प्रतियोगिताका कार्यक्रम संयोजक मञ्जु चौधरीले जानकारी दिए।

त्यस्तै स्काई राइडर स्कुलका आर्यन चौधरी द्वितीय र सैनिक आवासीय माविका त्रिसन आलेमगर तृतीय भएका छन्। ग्लोसाइन एकाडेमीका सयल नहर्की र श्री जनप्रीय पब्लिक स्कुलका राहुल महतोले सान्तवना स्थान हासिल गरेका छन्।

विजेता प्रतियोगीहरूलाई पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पुरस्कार वितरण गरे। प्रथम, द्वितीय, तृतीय र सान्तवना स्थान हासिल गर्ने प्रतियोगीहरूलाई क्रमशः रु.४००० र रु. ३००० र रु.२००० र रु. १००० र नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको हो। प्रतियोगिताको निर्णायकको भूमिकामा थारू पत्रकार संघ नेपालका केन्द्रीय सदस्य तथा साहित्यकार एवं चित्रकार मनोज चौधरी रहेका थिए।

आजै महोत्सव परिसरमा केयर पोलिक्लिनिकको संयोजनमा रक्तदान कार्यक्रम पनि सम्पन्न भएको कार्यक्रम संयोजक भोला चौधरीले जानकारी दिए।

भोलि ३ गते भोजपुरी गायक सुनिल पण्डित, चर्चित डान्सर प्रिती पासवान, थारू गायिका शारदा महतो र स्थानिय कलाकार रूविना चौधरी लगायत स्थानिय ब्याण्डको प्रस्तुति रहनुका साथै थारू साँस्कृतिक नाचगीतहरू र खिचरा डान्स आइडलको दोश्रो राउण्डको प्रतियोगिता हुने जनाइएको छ। महोत्सव माघ १० गतेसम्म खैरहनी-५, गौचरनमा सञ्चालन हुनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *