बाघको आक्रमणबाट ११ वर्षीय सुमित थारूको मृत्यु

बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। बार बर्दिया नगरपालिका-४ का ११ वर्षीय सुमित थारू बबई नदीमा नुहाउन गएका बेला शनिबार दिउँसो साढे १२ बजे जिरा सामुदायिक वन नजिकै बाटे बाघले आक्रमण गरी घाइते बनाएको थियो।

उनलाई उपचारका लागि बर्दियाकै जयनगरस्थित आरसी थारु मेमोरियल अस्पताल लगिएकामा शनिबार दिउँसो उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालले जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *