थाकस बाराको सभापतिमा पुन: रामप्रसाद चौधरी निर्वाचित

थारू कल्याणकारिणी सभा बाराको सभापतिमा पुन: रामप्रसाद चौधरी निर्वाचित भएका छन्। कोल्हबीमा आइतबार सम्पन्न  जिल्ला अधिवेशनले उननलाई पुन: नेतृत्व सुम्पेको हो। उनले जयप्रकाश चौधरीलाई पराजित गरेका हुन्। रामप्रसाद चौधरीले ३३९ मत पाउँदा जयप्रकाशले १५५ मत पाए।

त‍्यस्तै उपसभापतिमा अनिल चौधरी, लक्ष्मीकान्त चौधरी, सुमिन्त्रा देबी चौधरी र सचिवमा यादव कृष्णा चौधरी निर्विरोध भए। त्यस्तै कोषाध्यक्षमा बासुप्रसाद चौधरी ३५१ मतसहित निर्वाचित भए। नका प्रतिद्वन्द्वी सन्जय चौधरीले १५१ मत ल्याए।

त्यस्तै सदस्यमा अनिला चौधरी, मिना कुमारी चौधरी, मन्जु चौधरी, ललिता चौधरी, कपिलदेव चौधरी, रामकृपाल चौधरी, हिरालाल चौधरी, संजय चौधरी, रामबाबु चौधरी, भुनेश्वर चौधरी, सुरेन्द्र प्र.दास थारु, रोसन चौधरी, योगेन्द्र चौधरी र राधा प्रसाद चौधरी निर्विरोध भए।

त्यस्तै केन्द्रीय प्रतिनिधिमा शलेन्द्र फौजदार र हरिचन्द्र राय थारु चुनिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *