उम्दा करिअरमै अस्ताए फिफा रेफ्री चौधरी

अन्य दिनजस्तै शुक्रबार पनि फिफा सहायक रेफ्री विक्रम चौधरी भद्रकालि स्थित आर्मी मैदानमा अभ्यासका लागि पुगेका थिए। नियमित अभ्यास गरेको केही समयामनै उनी मैदानमानै ढले तर उनी त्यसपछि पुन फर्किएन्न।

आफ्नो करिअरको उत्कृष्ट समयमा रहेका ३८ वर्षीय चौधरीलाई सहकर्मीहरुले फिर्ता ल्याउन कोसिस गरे। विहान करिब ९:४५ बजे मैदानमा ढलेका उनलाई लड्ने वित्तिकै सेनाकै मेडिकल टिमले मैदानमै उनको प्राथमिक उपचार गर्‍यो। टिमले मैदानमै सिपिआर पनि गरेपनि उनको अवस्थामा सुधार आउन नसकेपछि उनलाई तत्काल छाउनीस्थित सेनाको अस्पताल पुर्‍याइएको थियो।

तर उनलाई अस्पताल पुग्ने वित्तिकै चिकित्सकले मृत घोषित गरेका थिए। सन् २००७ देखि रेफ्री करिअर सुरु गरेका उनी फिफा ब्याचको नवीकरणका लागि विशेष तयारीमा रहेका थिए। उनी सँगै आर्मीकै राष्ट्रिय रेफ्रीद्धय प्रवीण गौतम र गणेश चौधरी पनि अभ्यासरत थिए।

तर चौधरीले आफ्नो विशेष प्रशिक्षणलाई पुरा गर्नत पाएन्ननै साथमा उनको असल र संयमित छवि समेत भद्रकाली मैदानमानै ढल्यो। अन्तत उनी पुन नफर्किने गरी आफ्नो उम्दा करिअरलाई विचमानै छाडेर संधैका लागि विदा भए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *