मधेस सरकार दक्षिण एसियाकै भ्रष्ट, मन्त्रीहरू कमिशन नलिई योजना पार्दैनन् : लेखी

नेकपा एमालेका प्रदेश सांसद राजकुमार लेखीले मधेस सरकार दक्षिण एसियाकै भ्रष्ट रहेको दाबी गरेका छन्। सप्तरीमा आयोजित कार्यक्रममा उनले मधेस सरकार दक्षिण एसियाकै अनैतिक र असक्षम सरकारको रूपमा आफूलाई स्थापित गरेको बताए।

‘दक्षिण एसियामै सबैभन्दा भ्रष्ट, अनैतिक र असक्षम सरकारको रूपमा मधेस सरकार आफूलाई स्थापित गरेको छ। २०७४ देखि २०७९ सम्मको तथ्यांक हेर्ने हो भने ५० प्रतिशतभन्दा बढी विकास बजेट खर्च गर्न सकेको छैन,’ उनले भने।

विकास बजेट खर्च गर्न नसकेकै कारण मधेस प्रदेशलाई यसपटक कम बजेट दिइएको उनले बताए। ‘यसपटक कर्णाली प्रदेश जहाँ मधेसभन्दा पनि न्युन जनसंख्या छ। त्यहाँभन्दा कम बजेट मधेसलाई दिइएको छ। त्यसको मुख्य कारण नै बजेट खर्च गर्न नसक्नु हो। तपाईँले विकास बजेट खर्च नै गर्न सक्नुहुन्न भने थपेर किन दिन्छ तपाईँलाई?,’ उनले प्रश्न गरे।

उनले मधेसका मन्त्रीहरू कमिशन बिना योजना नबाँड्ने बताए। जुन चर्चा प्रत्येक सहर बजारमा रहेको उनको भनाइ छ। ‘मधेस प्रदेशका एकात मन्त्रीबाहेकले १०-१५ प्रतिशत कमिशन नलिइकन योजना बाँड्दैनन्। यो हरेक चिया पसल र हरेक सहर बजारमा चर्चा सुनिन्छ। यो मैले चर्चा गरेको पनि होइन,’ उनले भन।
उनले आफू गाउँ टोलमा जाँदा स्कुल र खेलकुदमा दिइएको बजेटमा २० प्रतिशतसम्म कमिशन लिएको दाबी गरे।

उनले मधेसका मुख्यमन्त्री निरीर भएको बताए। ‘हाम्रो मुख्यमन्त्रीजी निरीह हुनुहुन्छ। गलत गर्ने मुख्यमन्त्रीलाई कारबाही गर्न सक्नुहुन्न। मधेस सरकारबाट दिइने हरेक अनुदानमा कमिशनलगायतका शर्त हुने गरेका छन्,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *