चक्लाबन्दी खेती गर्ने किसनालाई सरकारले हातहातमा अनुदान दिनुपर्छ : सांसद चौधरी

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीले झोलामा खेती गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन्। संसदमा बजेटमाथिको छलफलमा बोल्दै उनले सरकारी अनुदान लिन झोलामा खेती गर्नेहरूको संख्या धेरै रहेको भन्दै त्यसको अन्त्य हुनुपर्ने माग गरे।

उनले तराई क्षेत्रमा हुने चक्लाबन्दी खेतीलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताए। त्यस्ता किसानलाई अनुदान दिएर सरकारले साथ दिनुपर्ने उनको भनाइ छ। ‘तराईको क्षेत्रमा चक्लाबन्दी खेती छ। चक्लाबन्दी खेतीमा लागेका किसनालाई सरकारले उत्पादन साथमा अनुदान हातमा भनेर मैले विशेष जोड दिने गरेको छु,’ उनले भने।

उनले बजेटमा कृषि क्षेत्रलाई समेटिए पनि त्यसलाई कार्यान्वयन गराउनेतिर सरकार गम्भीर भएर लाग्नुपर्ने बताए। ‘बजेटमा कृषि क्षेत्रका योजनाहरू पनि समेटिएका छन्। राम्रा योजनाहरूलाई कार्यान्वय गराउने चुनौती सरकारसमक्ष छ। त्यसको सही कार्यान्वयन हुनुपर्छ भनेर अपेक्षा गरेको छु,’ उनले भने।

उनले आगामी वर्ष यो यो क्षेत्रमा बिनियोजित बजेटले उत्पादन क्षेत्रलाई प्रोत्साहन गरेको भन्ने जवाफ सरकासँग हुनुपर्ने बताए। उनले किसानलाई पनि प्राविधिकतर्फको ज्ञान दिनुपर्ने बताए।

‘जति पनि कृषि प्राविधकहरू छन्। उनीहरू लोकसेवाको परीक्षा दिएर कुर्सीमा बस्छन्। बजेट तयार गर्छन्। तर उत्पादन क्षेत्रमा उनीहरूको उपयोगिता भइरहेको छैन। तसर्थ किसानलाई पनि प्राविधक ज्ञानबाट प्रशिक्षित गर्न जरुरी छ,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *