खिचरा महाेत्सवका आयाेजक संस्थाकाे सभापतिमा रामेश्वर चाैधरी निर्वािचत

हरेक वर्ष खिचरा महाेत्सव आयाेजना गर्दै आएकाे संस्था थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ को सभापतिमा रामेश्वर चाैधरी निर्वाचित भएका छन् । उनी निवर्तमान सभापति चुडामणि चाैधरीलाई ११ मतान्तरले पछाडि पार्दै निर्वाचित भएका हुन् ।

कूल २१० मत मध्ये १७१ मत खसेकाे निर्वाचनमा रामेश्वर चाैधरीले ८६ मत प्राप्त गरेका छन् भने चुडामणि चाैधरीले ७५ मत प्राप्त गरेका छन् ।
यसअघि दुई पटक सहमतिका लागि स्थगित भएकाे निर्वाचन सत्रमा सहमति नजुटेपछि हिजाे निर्वाचन भएकाे हाे ।

सात जना उम्मेदवार रहेकाे उपसभापति पदमा विमला चौधरी ९० मत, गुजेश्वरी चौधरी ७५ मत र सुरेन्द्र महतो ७४ मतका साथ निर्वाचित भएका छन् ।

त्यसैगरी कोषाध्यक्षमा जितबहादुर चौधरी ९५ का साथ निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्दी कौशिला चौधरीले ६३ मत प्राप्त गरिन् ।
सचिवमा दिलिप महताे र सहसचिवमा सूर्यविक्रम चाैधरी सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा बिक्रमिया चौधरी, रन्जित चौधरी, मनोज चौधरी, सरोज चौधरी, राजकुमार दहित, संजय महतो, बिकन महतो थारु र कालिका चौधरी निर्वाचित भएको निर्वाचन समितिका संयोजक टिकेन्द्र चौधरीले जानकारी दिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *