राप्रपाका सांसदले राजा फर्काउँछौं भनेपछि मेटमणि चौधरीले दिए कडा प्रतिक्रिया

नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रतिनिधिसभा बैठकमा देखिएको प्रस्तुतिले लोकतन्त्रिक व्यवस्थामाथि खतरा महसुस देखिएको बताएका छन्। तर, उनले राजतन्त्र र हिन्दू राज्य पुनःस्थापना नहुने जिकिर गरे।

‘२०७९ माघ १८ गते प्रतिनिधिसभामा देखिएको प्रस्तुतिले लोकतान्त्रिक व्यवस्था खतरामा परेको महसुस भएको छ। राप्रपाबाट निर्वाचित माननीयज्युले खुलेरै भन्नुभयो- हामी राजा स्थापित गर्न चाहन्छौं। हिन्दुराज्य बनाउन चाहन्छौं,’ उनले फेसबुकमा लेखेका छन्, ‘साथै राप्रपा पार्टीलाई नहोच्च्याउनको लागि सचेतसमेत गराउनु भएको छ।’

उनले गणतन्त्रवादी शक्तिहरू व्यवस्था विषयमा गम्भीर बन्नु जरूरी रहेको औंल्याएका छन्। उनले थपेका छन्, ‘स्मरण रहोस्- न राजा पुनः स्थापित हुन्छन् न त नेपाल हिन्दू राज्य पुनः हुनसक्छ। त्यसैले त्यो विषयमा छलफल नगरेकै राम्रो ! बरू लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्ने विषयमा बहस र छलफल गरौं।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *