नागरिक उन्मुक्तिले संसदमै दियो मत अन्तै सार्ने चेतावनी (भिडियोसहित)

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्ने नागरिक उन्मुक्तिका प्रमुख सचेतक गंगाराम चौधरीले आफूहरूलाई पद नभई न्याय चाहिएको बताएका छन्। सुदूरपश्चिम प्रदेशमा कांग्रेसले दिएको मुख्यमन्त्री र चार मन्त्रीको प्रस्तावलाई छाडेर सत्ता गठबन्धनलाई समर्थन गरेको, तर अहिलेसम्म मागमुद्दा सम्बोधन नहुँदा शंका बढेको बताए।

१ माघभित्र सम्बोधन गर्ने प्रतिवद्धता पूरा नभएपछि विपक्षी बेञ्चमा बसेको भन्दै उनले भने, ‘हामी विपक्षी बेञ्चमा छौं, पक्षको कुर्सीतिर छिटो सर्ने मन छ। छिट्टै (सत्ता) पक्षको कुर्सीमा बस्न पाइएन भने हाम्रा मतहरू अन्तै सर्नेछन्। त्यसको प्रभाव कसलाई कहाँ पर्ने छ, हामी भागिदार हुने छैनौं।’

यद्यपि बिहीबारको सभामुखको निर्वाचनमा भने सत्ता गठबन्धनका उम्मेदवारलाई नै मत दिएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *