रबि लामिछानेको पार्टीबाट सुनसरीका अशोक चौधरी चुनिए समानुपातिक सांसद

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक पद्धतिबाट पाएका १३ जना सांसद चयन गरेको छ। प्रवक्ता मुकुल ढकालका अनुसार दलितबाट सन्तोष परियार र शिव नेपाली, आदिवासी जनजातिबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ, खस आर्यबाट डा. चन्दा कार्की, डोलप्रसाद अर्याल। निशा डाँगी, विनिता कठायत चयन भएका छन्।

त्यस्तै मधेशीबाट लक्ष्मी तिवारी र मनिष झा, थारुबाट अशोक चौधरी र मुस्लिमबाट असिम साह छनोट भएका प्रवक्ता ढकालले बताए। रास्वपाले यसअघि नै समानुपातिक पद्धतिबाट चयन हुनेहरुको नाम करिब टुंग्याएको थियो। तर प्राइमरीमा धेरै मत पाउनेहरु नपरेको भन्दै विरोध भएपछि शनिबार बसेको केन्द्रीय समिति बैठकले प्राइमरीमा धेरै मत पाएकाहरुलाई नै चयन गरेको प्रवक्ता ढकालले बताए।
थारू कोटाबाट सिफारिस भएका अशोक सुनसरीका हुन्। उनी थाकस इटहरीको सचिवसमेत हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *