थाकस कञ्चनपुरको सभापतिमा सानु चौधरी निर्वाचित

थारू कल्याणकारिणी सभा (थाकस) कञ्चनपुरले नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट सानु चौधरी सभापतिमा निर्वाचित भएकी छन्। उनले रोशन चौधरीलाई पराजित गर्दै सभापति बनेकी हुन्।

सानुले २८ मत ल्याउँदा रोशनले ८ मतमात्र ल्याएका थिए। त्यस्तै अधिवेशनबाट उपसभापतिमा अम्बिका चौधरी, आशाराम चौधरी र रतनलाल राना निर्वाचन भए भने सचिवमा रेशम चौधरी, सहसचिवमा राजकुमार चौधरी र कोषाध्यक्षमा वसन्ती चौधरी निर्वाचित भए।

त्यस्तै सदस्यमा कुमारी लक्ष्मी चौधरी, हुरीलाल चौधरी, सीता डंगौरा, चन्द्रप्रसाद चौधरी, टेकबहादुर चौधरी, प्रकाश राना, जगदीश चौधरी, ज्ञानु चौधरी र सीता चौधरी निर्वाचित भए भने केन्द्रीय पार्षदमा हरिराम चौधरी, लक्ष्मीनारायण चौधरी, गीता चौधरी, उदय चौधरी, दुलारे राना र आरती चौधरी निर्वाचित भए।




One thought on “थाकस कञ्चनपुरको सभापतिमा सानु चौधरी निर्वाचित

  1. सभापति पदका लागि सानु चौधरीले २८ मत पाएर विजयी भएकी थिइन् भने प्रतिस्पर्धी रोशन लाल चौधरीले २१ मत पाएका थिए। बदरमत १ थियो।

Leave a Reply to Mewa Ram Chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *