कांग्रेसले बर्दिया जिससमा थारुलाई किन दिएन प्रमुख वा उपप्रमुखको टिकेट?

जिल्ला समन्वय समितिमा पनि नेपाली कांग्रेसले थारुमाथि विभेद् गरेको नेताहरुले बताएका छन्। थारु बाहुल्य जिल्ला रहेको बर्दियामा कांग्रेसको जिल्ला संसदीय समितिको बैठकमा थारुहरुले जिससमा थारु उम्मेदवारलाई अघि सार्ने दबाब दिएका थिए।

त्यसो नभए उपप्रमुख र सदस्यहरुमा थारुहरुलाई प्राथमिकता राख्नुपर्ने पनि नेताहरुको दबाब थियो। तर प्रमुख र उपप्रमुख दुवैबाट थारुलाई वञ्चित गरिएको जिल्ला समितिका एक नेताले बताए।

‘जनसंख्याको हिसाबले बर्दियामा थारुहरु एक्लैको बहुमत छ। स्थानीय निर्वाचनमा पनि सम्मानजनक जित हासिल गरेको छ। यस्तो अवस्थामा हामीले जिससको प्रमुख दाबी गरेका थियौं। त्यसो नहुँदा उपप्रमुख र सदस्यमा अलि धेरै दाबी गरेका थियौं। तर नश्लीय मानसिकताका केही नेताहरुले त्यसो हनु दिएन,’ ती नेताले थारुवानसँग भने।

उनले बाँसगढीका मणिराम थारु बलियो प्रतिस्पर्धी हुँदाहुँदा पनि उनको नाम काटिएकोमा आक्रोश पोखे। ‘अरु त अरु पार्टीमा सिनियर थारु नेतालाई नै सिफारिस भएर माइनट भइसकेको अवस्थामा नाम कटियो। यो मणिरामप्रतिमात्र होइन, बर्दियका थारुमाथि अन्याय गरेको हो,’ उनले भने।

उनले अघिल्लो स्थानीय तह निर्वाचनको स्मरण गर्दै त्यतिबेला माओवादी-एमालेको संयुक्त गठबन्धनले प्रमुखमा थारुसहित चार जनालाई जिससमा लगेको बताए। ‘त्यतिबेला माओवादी-एमालेले प्रमुखमा थारु र सदस्यमा तीन जना थारुलाई जिससमा लगेको थियो। तर लोकतान्त्रिक भन्ने हाम्रो पार्टीले थारु बाहुल्य जिल्लामा जम्मा दुई सदस्यमात्र दिएको अवस्था छ,’ उनले भने।

उनले केन्द्रीय नेताहरुलाई बर्दियाको चुनावी समीक्षा गम्भीररुपले गर्न आग्रह गरे। ‘यहाँ त जिताउनेहरु नै कारबाहीमा परेको अवस्थामा छ। अझ थारुहरुलाई छानी छानी कारबाही गरिएको छ। केन्द्रीय कमिटीले हस्तक्षेप गरेर बर्दियाका थारुहरुलाई न्याय दिनसक्नुपर्छ,’ उनले भने।




One thought on “कांग्रेसले बर्दिया जिससमा थारुलाई किन दिएन प्रमुख वा उपप्रमुखको टिकेट?

  1. Khane aafno thauma chha.bahusangthyatmak hisab le Tharu kota magnum ra jaad,raksi,maasu ma bikne vanna mildaina mahodaya bathaharule aafu chalakhi garna khoj chha ra Esto vako ho khabardar aafu anukul Niti niyam banaue netan mahodaya.

Leave a Reply

Your email address will not be published. Required fields are marked *