कांग्रेस-एमालेका नेताहरु रेशम चौधरीको पार्टीमा प्रवेश, पूर्वमन्त्री रामजनम चौधरीलाई झट्का

कैलालीको नेपाली कांग्रेसका महासमिति सदस्य र नेकपा एमालेका जिल्ला नेतासहित दर्जनौं कार्यकर्ताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्।

टीकापुरमा आइतबार आयोजित कार्यक्रममा कांग्रसका महासमिति सदस्य एवं जानकी गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रदीप चौधरी र महासमिति सदस्य अरुण चौधरी र नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन्। चौधरिले आजमात्रै नेपाली कांग्रसको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका थिए।

‘देश विकासमा योगदान पुर्‍याउने ठूलो अपेक्षासहित विगत केही वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहिआएको थिएँ। तर अहिले आएर त्यो सम्भावना कम देखिन गएकाले आजकै मितिदेखि नेपाली कांग्रेसको कुनै पनि पदमा नरहनेगरी अलग भएको जानकारी गराउँदछु,’ चौधरीले फेसबुकमा लेखेका छन्।

त्यस्तै नेकपा एमालेका नेता एवं निर्वाचन आयोग सदस्य केवलाल चौधरी पनि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। उनीहरुलाई पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले उनीहरुलाई फूलमाला लगाएर पार्टी प्रवेश गराएका थिए।

कार्यक्रममा माधव प्रसाद चौधरी, सचिन चौधरी, जंगबहादुर चौधरी, कुकुलाल चौधरी, वीरबहादुर चौधरी, भुश चौधरी, दीपक चौधरी, रामलाल चौधरी, दिलबहादुर चौधरी, नविन चौधरी, लालविर चौधरी, देशराम थारुलगायत नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेको नेता महेन्द्र उपाध्यायले जानकारी दिए।
नेपाली कांग्रेस महासमिति सदस्य अरुण चौधरीलगायतका नेताहरू नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् ।

कांग्रेस महासमिति सदस्यहरु नै पार्टी छाडेपछि कांग्रेसका केन्द्रीय नेता रामजनम चौधरीलाई ठूलो घाटा लागेको कांग्रेस नेताहरुको भनाइ छ। ‘चुनावको संघारमा नेता कार्यकर्तालाई पार्टीमा अडाउन नसक्नु कांग्रेसको ठूलो भुल हो। यसले रामजनम चौधरीको नेतृत्व असफल भएको मान्न सकिन्छ,’ कांग्रेसका एक जिल्ला नेताले भने।




One thought on “कांग्रेस-एमालेका नेताहरु रेशम चौधरीको पार्टीमा प्रवेश, पूर्वमन्त्री रामजनम चौधरीलाई झट्का

Leave a Reply to Jagatram Jingainya Cancel reply

Your email address will not be published. Required fields are marked *