रेशम चौधरीको पार्टीले टीकापुरमा अग्रता बढाउँदै, यस्तो छ पछिल्लो मत परिणाम

टीकापुर नगरपालिकामा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले अग्रता कायमै राखेको छ। पछिल्लो मतपरिणामअनुसार नागरिक उन्मुक्ति पार्टीका मेयर उम्मेदवार रामलाल डगौरा थारुले २४३७ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नवराज रावलले १४६९ मत पाएका छन् भने एमालेका श्याम खत्रीले ९१७ मत पाएका छन्।

त्यस्तै उपमेयरमा माओवादीका खड्गबहादुर शाहले १९२७ मत पाएका छन् भने प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका उल्का देवी विश्वकर्माले १७०१ मत पाएकी छन्।

टीकापुरको ३, ५ र ९ वडाको मतगणना सकिँदा नागरिक उन्मुक्ति पार्टी, कांग्रेस र माओवादीले खता खोल्न सफल भएका छन्।

त्यस्तै जोशीपुरमा नागरिक उन्मुक्ति पार्टीले ७६४ मत ल्याएर अग्रता कायम राखेका छन्। दोस्रोमा राप्रपाका भिमबहादुर बमले ६९९ मत ल्याएका छन्। उपाध्यक्षमा पनि नागरिक उन्मुक्ति पार्टीकै रेखा देवी कठरियाले ७७८ मतका साग अग्रस्थानमा छिन्। दोस्रोमा कांग्रेसकी किरण चौधरी ५४८ मत ल्याएकी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *