टीकापुरमा रेशम चौधरी चौधरीको पार्टीको अग्रता दुई गुणाले बढी

टीकापुर नगरपालिकामा रेशम चौधरी नेतृत्वको पार्टीले‍ अग्रता कायम राखेको छ। नागरिक उन्मुक्ति पार्टीले दुई गुणा बढी मतले अग्रता लिएको हो। मेयर पदका उम्मेदवार रामलाल डंगौराथारुले १४९० मत प्राप्त गरेका छन्। उनलाई नेपाली कांग्रेसका नवराज रावलले ७८१ मतका साथ पछ्याएका छन् भने तेस्रोमा नेकपा एमालेका श्याम खत्रीले ६९६ मत पाएका छन्।

त्यस्तै उपमेयरमा नागरिक उन्मुक्ति पार्टीकै उल्का देवी विश्वकर्माले ११८७ मतका साथ अग्रता लिएका छन् भने एमालेकी उपमा देवी केसीले ५५२ मतका साथ दोस्रो स्थानमा छिन्। तेस्रोमा माओवादीका खडकबहादुर शाहले २६४ मत पाएका छन्।

हालः टीकापुरको वडा नम्बर ३ को मतगणना जारी छ। सो वडामा पनि ४२८ मतका साथ रामलाल डंगौराले नै अग्रता लिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *