नागरिक उन्मुक्ति पार्टीले ७७ वटै जिल्लामा उम्मेदवारी दिने, निर्वाचन आयोगमा दल दर्ता

रेशम चौधरी समर्थित पार्टी नागरिक उन्मुक्ति पार्टीले स्थानीय निर्वाचनमा सहभागीका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ। फागुन ६ गते बसेको केन्द्रीय कमिटीको बैठकले ७७ वटै जिल्लाका पालिकाहरुमा उम्मेदवारी दिने निर्णयसमेत गरेको छ। अध्यक्ष रञ्जिता श्रेष्ठले निर्वाचन आयोगमा बुधबार दल दर्ता गरेको जानकारीद दिइन्।

‘नागरिक उन्मुक्ति पार्टी कुनै एउटा जिल्ला या प्रदेश स्तरको पार्टी नभई राष्ट्रिय स्तरको पार्टी हो। नागरिक उन्मुक्ति पार्टी आउदो स्थानीय तहको चुनावमा नेपालको ७७ जिल्लाको सबै स्थानीय तहबाट आफ्नो उम्मेद्बारी दिने छ,’ पार्टीको फेसबुकमा भनिएको छ।

निर्वाचन आयोगमा पार्टी दर्ता भएसँगै नागरिक उन्मुक्ति पार्टीले जिल्लामा संगठन विस्तार गरिरहेको छ। कैलाली टीकापुर क्षेत्रमा अन्य पार्टीका जनप्रतिनिधिहरुसमेत नागरिक उन्मुक्ति पार्टीमा आबद्ध भइसकेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *