कोरोनाबाट ज्यान गुमाएका हिकमत चौधरीलाई ५० हजार नगदसिहत मरणोपरान्त सम्मान

लुम्बिनी प्रदेश सरकारले चार जना पत्रकारलाई पुरस्कृत गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक जनालाई अग्रज पत्रकारिता पुरस्कार र तीन जनालाई सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गरेको हो। मुख्यमन्त्री कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा दाङका पत्रकार सुशील गौतमलाई ‘अग्रज पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ। ६७ वर्षीय गौतमलाई एक लाख रुपैयाँ नगद पुरस्कारबाट सम्मान गरिएको हो।

यस्तै सिर्जनशील पत्रकारिता पुरस्कारबाट बाँकेकी अक्षरी पोखरेल, गुल्मीका जनार्दन घिमिरे र रुपन्देहीका हिक्मत चौधरी (मरणोपरान्त) पुरस्कृत भएका छन् । उनीहरुले ५० हजारका दरले नगद पुरस्कार प्रदान गरिएको छ। चौधरी कोरोना संक्रमणबाट मृत्यु भएकाले उनको पुरस्कार धर्मपत्नी उदयदेवी कुँवरलाई प्रदान गरियो।

सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरी र आन्तरिक मामिला तथा कानून मन्त्री चेतनारायण आचार्यले पत्रकारहरुलाई नगद राशीसहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरे। पुरस्कार वितरणका लागि मन्त्रालयले रुपन्देहीका पत्रकार डीआर घिमिरेको संयोजकत्वमा विमला चौधरी र केबी घिमिरे सदस्य रहेको छनोट समिति गठन गरेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *