लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्पको सचिवमा दिपेश चौधरी चयन

लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्पको अध्यक्षमा कृष्ण भट्ट चयन भएका छन् । सोमबार भएको तेस्रो अधिवेशनले वर्ष २०१९/२०२० का लागि भट्टको नेतृत्वमा नयाँ समिति चयन गरिएको हो । अधिवेशनले प्रथम उपाध्यक्षमा दिपेन्द्र खरेल, द्धितीय उपाध्यक्षमा ध्रुव घिमिरे, तृतीय उपाध्यक्षमा ईश्वर रिजाललाई चयन गरेको छ ।

यस्तै सचिवमा दिपेन्द्र कुमार चौधरी (दिपेश), कोषाध्यक्षमा लेखनाथ पौडेल, सह–सचिवमा राजिव चौधरी, सह–कोषाध्यक्षमा लक्ष्मी गोदार चौधरी चयन भएको नवनिर्वाचित सचिव दिपेश चौधरीले जानकारी दिए । यस्तै मेम्बर ग्रोथ चेयरपर्सनमा डा. सन्तोष अधिकारी, जनसम्पर्क अधिकृतमा कुमार जोशी तथा निर्देशकमा युवराज पौडेल, भुपेन्द्र चौधरी, डिलेन्द्र पौडेल, इश्वरी परियार चयन भएका छन् ।

अध्यक्ष भट्टले आफ्नो कार्यकालमा लायन्स क्लब अफ कमन्युटि हेल्पलाई क्रियासिल बनाउदै यस क्षेत्रको उत्कृष्ट क्लब बनाउने प्रतिबद्धता जनाए ।

अधिवेशनमा प्रमुख अतिथि जोन चियर पर्सन दिपेन्द्र खतिवडा, विशिष्ट अतिथि प्रकाशचन्द्र भट्टराई, एरियाचिफ कृष्णलाल श्रेष्ठ, डिष्ट्रिक्ट कोर्डिनेटर सुवास चन्द्र गौतम, संस्थापक अध्यक्ष राजेन्द्रप्रसाद खरेल, निवर्तमान अध्यक्ष गुणराज थपलियाले मन्तब्य व्यक्त गरेका थिए ।

साेमबार पर्यटकिय नगरी सौराहामा भएको कार्यक्रम क्लबका अध्यक्ष रामचन्द्र न्यौपनेको अध्यक्षतामा भएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *