प्रदेश ५ सरकारद्वारा माघीमा दुई दिन विदा दिने निर्णय

प्रदेश ५ सरकारले थारुहरुको नयाँ वर्ष माघीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले माघ १ र २ गते बिदा दिने निर्णय गरेको हो । प्रदेशमा थारु र मगर जातिको बाहुल्यता रहेकाले माघीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए।

माघीकै अवसरमा पुस ३० गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयोजनमा मुख्यमन्त्री शङ्कर पोखरेलको निवासमा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रमसमेत आयोजना गर्ने निर्णय भएको छ ।

प्रदेशस्तरीय नेपाल मगर संघ र थारु कल्याणकारी सभाका पदाधिकारी तथा सदस्यको सहभागिता रहने कार्यक्रममा मगर समुदायमा प्रचलित खानाका परिकार बटुक र बङ्गुर तथा थारु समुदायको प्रचलित खाना ढिकरी, माछा र घोगी खुवाइने प्रवक्ता चौधरीले बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *