थारु अगुवाको निष्कर्ष : ‘वाडका अत्वार’लाई राज्यले बेवास्ता गर्‍यो’

कमल चौधरी, बुटवल।
थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति रुपन्देहीले शुक्रबार रुपन्देहीको कोटीहवामा आयोजित कार्यक्रममा बोल्दै बक्ताहरुले ‘वाडका अत्वार’ पर्वलाई राज्यले बेवास्ता गरेको थारु अगुवाहरुले बताएका छन् ।

३१ गते आईतबारको दिन थारु समुदायमा मनाउने ऐतिहासिक पर्व ‘वाडका अत्वार’ पर्वमा समेत राज्यले सार्वजनिक बिदा नदिएर राज्यले थारु समुदायको पहिचान र अस्तीत्वलाई संकट निम्ताउन खोजेको अरोप समेत लागए ।

प्रदेश नं. ५ का सभा सदस्य पुष्पा थारुले राज्यले थारु समुदाययको पहिचान र अस्तित्वलाई दबाउन खोजेको बताईन् । उनले राज्यले दवाउन खोजेको थारु अस्तित्वर पहिचानको खोजी गर्दै चाड पर्व जगेर्ना गर्नको लागी विभिन्न किसिमका थारु पहिचान र संस्कृतिहरु संरक्षणमा आफूहरु संक्रिया भएर लाग्नुपर्नेमा जोड दिईन् ।

त्यस्तै थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य देवी प्रसाद चौधरीले राज्यले थारु समुदायको हरेक क्रियाकलपमा बाधक बन्दै अंकुस लागउन खोजेको आरोप लगाए । उनले थारु समुदाय अब आफ्नो संस्कृति र पहिचान संरक्षणको लागी एकजुट भएर अगाडी बढ्नुपर्नेमा जोड दिए ।

उनले थारु समुदाय सभ्यता र संस्कृतिको धनि रहेको भन्दै अब नयाँ युवा पुस्ताहरुलाई हाम्रो संस्कृतिको बारेमा जानकारी गराउँन थारु अगुवाहरु लाग्नुपर्ने बताए । उनले पछिल्लो समय थारु युवाहरु आफ्नो भाषा, धर्म र संस्कृतिहरु बिर्सिदै गएको भन्दै यसलाई संरक्षण र प्रवद्र्धन गर्नको लागी युवा पुस्तमा जनचेतना फैलाउन जारुरी रहेको जिकीर समेत गरे ।

त्यस्तै थाकसका केन्द्रीय सदस्य श्याम बहादुर थारुले थारु प्रकृतिक पुजाक रहेको भन्दै उनीहरुले थारुका हरेक पर्वहरु प्रकृतिसंग जोडीएको बताए । उनले थारुले ‘वाडक अत्वार’ सुर्यालाई खुसी बनाउँनको लागी ब्रता बस्ने भन्दै भाद्र शुक्ला पक्षको प्रथम आइताबारको दिन थारु समुदायमा दाजुभाई दिदीबहिनीहरु विचको आत्मीयता र दिघार्युको कामना गर्दै यस पर्व मनाउने गरको बताए ।

उनले वाडका अत्वारको आफ्नो छुट्टै अस्तित्व र महात्व रहेको भन्दै अब यसलाई जगेर्न गर्न राज्यले पनि चासो दिनुपर्नेमा जोड दिए ।
त्यस्तै शुभाकमना दिने क्रममा थाकस केन्द्रीय पार्षद पुनम चौधरी, थाकस निवर्तमान जिल्ला अध्यक्ष अजय चौधरी, थारु साहित्यकार तथा समाजसेवी प्रेम नारायण चौधरी, थाकसका कोषाध्यक्ष चन्द्रभान चौधरी, थारु युवा सभापती धनिराम चौधरी, थारु पत्रकार संघ नेपालका केन्द्रीय सदस्य कमल चौधरी, थारु पत्रकार संघका जिल्ला अध्यक्ष राज चौधरी, थाकस सिरीया गाउँपालिका अध्यक्ष सरिता चौधरी, थाकस सैनामैना नगरपालिका अध्यक्ष दुल बहादुर थारु, थाकस तिलोत्तमा नगरपालिका अध्यक्ष आशा चौधरी, थाकस सुद्धोधन गाउँपालिका अध्यक्ष पल्टन चौधरी, देवराज थारु लगायतले बोल्दै थारु समुदायको ऐतिहासिक पर्वलाई संरक्षण गर्नुपर्नेमा जोड दिए ।

थरु अगुवा, बुद्धिजीवी, पत्रकार लगायत थारु कल्याणकारीणी सभाका भातृ संगठन, थारु साहित्यकारहरु लगायतको उपस्थिति रहेको उक्ता शुभाकामना अदान प्रदान कार्यक्रम थाकस रुपन्देहीका जिल्ला अध्यक्ष सतिष कुमार चौधरीको अध्यक्षता, उपाध्यक्ष दुखी राम चौधरीको स्वागत तथा सचिव सरिता चौधरीको संचालनमा सम्पन्न भएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *