सांसद गंगा चौधरीको आरोप : डा. गोविन्द केसी हत्यारा हुन्

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद गंगा चौधरी सत्गौवाले डा. गोविन्द केसीमाथि ‘हत्यारा’को गम्भीर अभियोग लगाएकी छन् ।आइतबार संसदमा चिकित्सा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद चौधरीले डा. केसीको अनसनका कारण कैयौंको ज्यान गएको जिकिर गरिन् ।

डा. केसीको अनसनका क्रममा शिक्षण अस्पतालले भर्ना नलिँदा डा. दाङ देउखुरी लमही नगरपालिका १ का हेपाटाइटिसका विरामी गोविन्द चौधरीको मृत्यु भएको भन्दै भनिन्, ‘यो त एउटा उदारहण मात्र हो । यस्ता घटनाको जिम्मेवारी कसले लिन्छ ? नेपाली कांग्रेसले लिन्छ कि गोविन्द केसीले लिन्छन् ?’

सांसद चौधरीले अघि भनिन्, ‘डा. गोविन्द केसी हत्यारा हुन् । हत्यारालाई कारबाही गर्ने कि नगर्ने ?’ कांग्रेस सांसद डिला संग्रौलाले भने चौधरीको अभिव्यक्तिप्रति नियमापत्ति गरेकी छन् ।

सभामुखले ‘बोल्न दिनुस्’ भनेपछि सांसद चौधरीले सांगौंलामाथि नै खनिइन् । सभामुखले सोध्ने प्रश्न ‘कुन नियमले आपत्ति गर्दै हुनुहुन्छ ?’ आफैंले सोध्दै उनले भनिन्, ‘उहाँहरु (कांग्रेस)ले गर्न चाहेको चाहिँ ठीक, सरकारले गर्न चाहेको चाँहि बेठिक ? यो कुरा हेक्का राख्नुस्, तपाईहरुकै पालामा उब्जिएको समस्या हो ।’

कहाँ मेडिकल कलेज खोल्ने भन्ने प्रदेश सरकारले निर्णय गर्न पनाउनु पर्ने उनले बताइन् ।

भिडियो हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *