थारु महिला सभाले रामधुनीमा माघी महोत्सव मनाउने

कुलदिप चौधरी/सुनसरी।

थारु महिल सभा रामधुनिले थारुहरुको नयाँ वर्ष माघीको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। मंगलबार रामधुनीमा पत्रकार सम्मेलन गरी कार्यक्रमको जानकारी दिएको थियो। थारु महिला सभा रामधुनीकी अध्यक्ष सीता चौधरीले सबैतिर मनाउने यो पर्व रामधुनीमा पनि विशेष कार्यक्रम आयोजना गरेर मनाउने  बताइन्। 

कार्यक्रममा कानुन व्यवसायी रामराज चौधरी माघी पर्व थारु समुदायले पौराणिक कालदेखि मान्दै आएपनि महिला साक्षरताका निम्ति महोत्सवको महत्व बढी रहेको बताए।

त्यस्तै सभाकी जिल्ला अध्यक्ष सुशीला चौधरीले थारु समुदायको मुख्य पेसा खेती रहेकाले अन्नबाली भित्र्याइसकेपछि हर्षोल्लासको साथ माघी पर्व मनाइन्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *