गुमनाम धनिरामको ६ बुँदे विज्ञप्ती, रेशमलाई प्रमाणपत्र नदिए आन्दोलन गर्ने चेतावनी

करिब दुई वर्षपछि थारु कल्याणकारिणी सभाका अध्यक्ष एवं थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजक धनिराम चौधरीले प्रेस विज्ञप्ती जारी गरेका छन्। उनले संयुक्त संघर्ष समितिको नामबाट विज्ञप्ती जारी गरेका हुन्। ६ वटा बुँदा रहेको विज्ञप्तीमा पुरानै बक्तव्य दोहोरिएका छन्। उनले अन्तिम बुँदामा भने कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरीलाई अविलम्ब प्रमाणपत्र दिन आग्रह गरेको छ। प्रमाणपत्र गर्न ढिलाई गरे सशक्त आन्दोलनमा उत्रिने चेतावी विज्ञप्तीमा उल्लेख छ।
टीकापुर घटनापछि सम्भवतः यो समिति पूर्णरुपमा ध्वस्त बनेको छ। संयोजक धनिराम चौधरी पनि प्रहरीको सूचीमा टीकापुर घटनाका मुख्य अभियुक्त भएकाले उनी भूमिगत रहँदै आएका छन्।

विज्ञप्ती पढ्नुहोस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *