राजधानीमा मनाइयो विश्व आदिवासी दिवस [फोटो फिचर]

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेका आदिवासी जनजातिको हक अधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।नेपाल आदिवासी जनजाति महासंघद्धारा २३औँ विश्व आदिवासी दिवस–२०७४ का अवसरमा आयोजना गरिएको कार्यक्रममा उनले आदिवासी जनजातिलाई संविधानमै अधिकार सुनिश्चित गरेको उल्लेख गरे।

प्रधानमन्त्री देउवाले भने, ‘नेपालका आदिवासी जनजातिलाई संविधानले विशेष हकअधिकार दिएको छ, त्यो हकको सदुपयोग गर्नु जरुरी छ।’ नेपाल धेरै जातजातिको फूलबारी भएको उल्लेख गर्दै उनले सबै जातिहरु मिलेर बसेको हुँदा विश्वकै लागि नेपाल भेषभूषा, संस्कृति र भाषामा आकर्षणको केन्द्र भएको बताए। ‘प्रत्येक जातिको अलग भाषा, संस्कृति, भेषभूषा छ, ती सबैको संरक्षण गर्नुपर्छ, त्यो नै आदिवासी जनजातिको पहिचान हो,’ प्रधानमन्त्री देउवाले भने।

स्थानीय तहको निर्वाचनमा पनि महिला, जनजाति, दलित र पछाडि परेको क्षेत्रका लागि विशेष व्यवस्था गरेको भन्दै उनले सबै जातिको हक अधिकार सुनिश्चित गर्न पहल भइरहेको बताए। कार्यक्रममा बोल्ने आदिवासी जनजातिहरुले आफूहरुलाई अल्पसंख्यक वा अन्य जातिमा राखेको हुनाले संविधान संशोधन गर्नुपर्ने माग गरेका थि।

‘अधिकार प्रतिनिधित्व र स्वशासनका लागि आदिवासी जनजातिको अडान, पहिचानसहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान’ भन्ने नाराका साथ आदिवासी जनजाति दिवस मनाइएको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *