थारु महिला समाजमा नयाँ नेतृत्व चयन, अध्यक्षमा गीता चौधरी

थारु महिला समज नेपालको चौथो वार्षिक सधारणसभाले गीता चौधरीलाई अध्यक्षमा सर्वसहमतिले गरेको छ। काठममाडौंमा भएको सभामा उनीसँगै ११ सदस्यीय नयाँ कार्यसमिति बनेको छ।

जसको उपाध्यक्षमा फूलो चौधरी, सचिवमा अनिता चौधरी, सहसचिवमा चिन्ता चौधरी र कोषाध्यक्षमा सन्सारी चौधरी चयन भएका छन्। त्यस्तै सदस्यमा नैन बती चौधरी, पुनिता चौधरी, सीता चौधरी, इन्दु चौधरी, जिवक्षी चौधरी र हीरा चौधरी चयन भएका छन्।

राजधानी केन्द्रीत उक्त समाजले थारु महिलाको हकहितसँगै थारु साँस्कृति जगेर्ना गर्दै आएको छ। समाजले राजधानीमा समाचकेवा, जितिया, माघीलगायतका थारु पर्वहरु सार्वजनिकरुपमा मनाउँदै आएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *