युवा नेता एवं बर्दियाली थारु विकास मञ्चका अध्यक्षलाई पितृशोक

युवा नेता एवं बर्दियाली थारु विकास मञ्चका अध्यक्ष सितारम चौधरीलाई पितृशोक परेको छ। सुगर र दमका बिरामी उनका बुबा नन्दलाल थारुको ८५ वर्षको उमेरमा आज निधन भएको छ। उनी बर्दिया राजापुर क्षेत्रका समाजसेवी एवं बरघर भएर गाउँ विकासमा योगदान गरेका थिए।

उनको निधनले समाजलाई अपूर्णीय क्षति भएको भन्दै थारु विद्यार्थी समाज, बर्दियाली थारु विकास मञ्चलगायत संघसंस्थाले संवेदना प्रकट गरेका छन्।

थारु संस्कारअनुसार सोमबार उनको अन्तिमसंस्कार गरिने परिवारले जनाएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *