सेलिब्रेटी उम्मेदवार शिवकुमारी चौधरी उपमेयरमा निर्वाचित

कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा एमाले उम्मेदवार नेत्रराज अधिकारी विजयी भएका छन् । कुल गणना भएको २४ हजार ६ सय ३५ मतमध्ये ६ हजार १ सय ५५ मत पक्षमा पारेर अधिकारी मेयर बनेका हुन् । उनका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका कृष्णकुमार चौधरी ४ हजार ७ सय ४२ मत ल्याएर पराजित भए ।

उपमेयर पनि एमालेले जितेको छ । २३ वर्षीया शिवकुमारी चौधरी ५ हजार ९ सय ६२ मत ल्याएर उपमेयर बेनकी हुन् । उनका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी सुमन यादवले ३ हजार २९ मत पाएकी छन् ।

कुल ११ वटा वडा भएको शिवराजको वडा नं. १, ३, ४ र ५ एमालेले प्यानलसहित जितेको छ भने राजपाका स्वतन्त्र उम्मेदवारले वडा नं. ७ र १० जितेका छन् । जिल्लाकै सानो रोल्पा भनेर चिनिने वडा नं. ९ शिवगढीमा माओवादी केन्द्रले प्यानलसहित जित हात पारेको छ ।

वडा नं. ११ मा कांग्रेस, २ मा फोरम लोकतान्त्रिक, ६ र ८ मा फोरमले जित हात पारेको निर्वाचन अधिकृत शेषकान्त पौडेलले जानकारी दिएका छन् । यससंगै कपिलवस्तुका २ वटा स्थानमा एमालेले कब्जा जमाएको छ । यसअघि विजयनगर गाउँपालिकामा एमालेका गोपाल थापा विजयी भएका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *